Loading...
शिक्षाको क्षेत्रमा फरक नाउ : वेष्ट प्वाइन्ट फाउण्डेसन

Education is the candling of the flame not the filling a vessel. - Socrates  
लक्ष्मीप्रसाद देवकोटाले भनेझैं उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । हो कसैले पनि सकारात्मक सोँच लिएर काम थाल्यो भने कहिल्यै पनि पछी फर्केर हेर्न पर्दैन भन्ने उक्ती कुनै पनि स्थानमा सहि सावित भएकै हुन्छन् यदि सहि सोँचका साथ सुरु गरेको खण्डमा । बेनी बजारको न्यू वेष्ट प्वाइन्ट आवासिय उच्च मावि तथा कलेजले पनि पछिल्लो समयमा गरेका कामहरुले यस्तै सन्देश दियो भन्दा फरक नपर्ला ।
हरेक वर्ष विद्यालय तथा कलेजको जन्म दिन पौष महिनाको पहिलो दिन १ गतेलाई वार्षिकोत्सवको रुपमा संस्थाले अभिभावक दिवसको रुपमा मनाउँदै आएको छ । विद्यालयको जिम्मेवारी भनेको विद्यार्थीलाई पढ्न सिकाउनु मात्र होइन, बदल्न सिकाउनु पनि हो भन्ने भावनाका साथ वेष्ट प्वाइन्ट कलेजका प्रिन्सीपल गंगाप्रसाद खतिवडाले गरेको लामो समयको मेहनतको फल पनि हो अहिलेको उक्त शैक्षिक संस्थाको प्रगति । प्रिन्सिपलको मात्र होइन उक्त शैक्षिक संस्थाले गरेका प्रगति र संस्थाका सञ्चालकहरुले गरेको मेहनत पनि निकै उच्च देखिन्छ संस्थाको प्रगति । बिद्यालयका विगतका प्रिन्सीपलहरुको योगदान पनि प्रगतिको एउटा कारक हो भन्दा सहि नै लाग्ने छ ।
परिवर्तनका बाहक विद्यार्थीहरुलाई सफल नागरिक बनाउन सहयोग गर्नुका साथै विद्यालयले शैक्षिक लगायत चारित्रिक, मानसिक, शारीरिक, संवेगात्मक तथा आचरणमा सकारात्मक विकासको लागि सहयोग पु¥याउनु पर्दछ । बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्न सर्वप्रथम शिक्षक आफू बदलिनु पर्छ र क्रमशः अभिभावक र विद्यार्थीलाई बदल्नु पर्दछ भन्ने मर्मलाई मनन् गरेर हाम्रो संस्था क्रियाशील रहेको छ ।
वेष्ट प्वाइन्टका प्रिन्सीपल गंगाप्रसाद खतिवडाका अनुसार विद्यालय २०४९ साल पौष १ गते (1992 Dec 16)  स्थापना भएको थियो । विद्यालयको उच्च माध्यमीक तह २०६१ श्रावण १ गते (2004 July 16)  र कलेज तह त्रि. वि. बाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन संकायमा २०६६ मंसिर १ गते (2009 Nov 16) देखि शुरुआत गरिएको थियो । वेष्ट प्वाइन्ट फाउण्डेसनले २० रोपनी जग्गामा पुर्वाधार निर्माण गरि सञ्चालन गरेको छ । २०७० जेष्ठ १ गते (20013 May 15)    बाट मन्टेसरी पद्धतिबाट समेत प्रिस्कुल वेष्ट प्वाइन्ट मन्टेसरी बेनीबजारको क्याम्पस चोकमा रहेको छ । वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेसनमा सातजना संचालकहरु रहेका छन् ।
फाउण्डेसनले नयाँ भर्ना प्रवेश परीक्षाको आधारमा गर्ने गरेको छ भने प्रत्येक कक्षामा सिमित सिटमामात्र नयाँ भर्ना गर्ने गरेको छ । तहगत अध्यायन पूरा गरेका तथा बसाई सराई बाहेकका विद्यार्थीको कक्षा दोहो¥याउने तथा विद्यालय छाड्ने दर खासै देखिदैन वेष्ट प्वाइन्ट फाउण्डेशनले सञ्चालन गरेको विद्यालय तथा कलेजमा ।
वेष्ट प्वाइन्ट फाउण्डेशनको पछिल्लो तथ्यलाई हेर्ने हो भने प्रिस्कुल (मन्टेश्वरी)मा ७२ जना विद्यार्थीहरुलाई ४ सेक्सनमा राखेर पढाइने गरिएको छ । त्यस्तै पूर्व प्राथमिक तहमा ३६५ जना विद्यार्थीलाई ११ सेक्सनमा बिभाजन गरेर राखिएको छ । त्यस्तै प्रावि तहमा ६०३ जना विद्यार्थीलाइ १८ सेक्सनमा राखिएको छ । त्यसैगरी नि. मा. वि.÷ मा. वि. तह   ५१७ जना विद्यार्थीहरु रहेका छन् र उनीहरु १५ सेक्सनमा बिभाजित भएका छन् ।
त्यस्तै उच्च माध्यमिक तहमा ३४० जना विद्यार्थीहरु पढ्ने गर्दछन् भने उनीहरुलाई ७ सेक्सनमा बाडिएको छ । त्यसैगरी स्नातक तहमा तीन वटा सेक्सनमा ७९ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालय तथा कलेजमा गरी कुल एक हजार नौ सय छहत्तर जना रहेका छन् । यी विद्यार्थीहरुलाई ५८ वटा सेक्सनमा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ ।
बेनी बजारमा रहेर अहिले आफ्नो उचाइलाई चुस्त पार्ने प्रयास गर्दै अगाडी बढेको वेष्ट प्वाइन्ट फाउण्डेसनले आफ्नो शैक्षिक तथा प्रशासनिक पक्षलई चुस्त पार्नका लागि विभिन्न उपसमितिहरु पनि नियमित रुपमा चयन गर्ने गर्दछ । संस्थाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ गठन गरेको छ भने संस्थागत रुपम प्रशासन प्रमुख, कलेज प्रमुख, प्रिन्सीपल, सहायक प्रिन्सिपल लगायतका पदमा दक्ष व्यक्तिहरुलाई नियुक्त गरेको छ ।
त्यसैगरी लेखा तथा प्रशासन, उच्च मावि, मावि तथा कलेज संयोजक, मन्टेश्वरी इन्चार्ज, परीक्षा विभाग संयोजक, अतिरिक्त क्रियाकलाप विभाग संयोजक, छात्रवास संयोजक, अनुशासन विभाग संयोजक, अंग्रेजी भाषा विभाग संयोजक तथा विभिन्न विषयगत विषयगत विभागहरुको पनि संयोजकको व्यवस्था वेष्ट प्वाइन्ट फाउण्डेशनले गरेको छ । फाउण्डेशनमा १०५ जना पूर्णकालिन जनशक्तिहरु रहेका छन् । जसमा शिक्षण तर्फ ७३, गैर शिक्षण तफ ३० र स्वास्थ्य सेवा तर्फ अनमी र सिएमए एक एक जना रहेका छन् ।
शिक्षण तर्फ कलेज र उच्च मावि तर्फ १० जना, मावि तहत र्फ ११, निमावि तह ८, प्रावि तह २५, पूर्व प्रावि तह १४ र मन्टेश्वरी तर्फ ५ जना शिक्षण तर्फका जनशक्ति रहेका छन् ।
फाउण्डेसनमा स्नातकोत्तर तह उत्तिर्ण गरेका १६ जना, स्नातक तह १९, जना, प्रमाण पत्र तह ३५, र  एस. एल. सी. तह ३ उत्र्तीर्ण गरेका जनशक्ति रहेका छन् । प्रशासन तथा सहयोगी कर्मचारी तर्पm विद्यालय कलेजमा १८ जना र छात्राबासतर्फ १२ जना कार्यरत रहेका छन् ।
के कस्तो देखियो त बोर्ड परीक्षाका नतिजाहरु
शिक्षा दिवस २०७२ को अवसरमा समग्र म्याग्दी जिल्लामा सूचकांकको आधारमा उत्कृष्ट विद्यालय बन्दै सम्मानित भएको थियो । त्यस्तै एसएलसी २०७१ मा युवराज सुवेदी (८९.६३%) अंक हासिल गर्दै संस्थागत विद्यालयतर्फ छात्रतर्फ प्रथम भएका थिए । एसएलसी २०७१ मा सम्मिलित विद्यार्थीहरुमध्ये युवराज सुवेदीले अनिवार्य गणित र ऐच्छिक गणित दुबैमा शतप्रतिशत अंक र विनिता घिमिरेले ऐच्छिक गणितमा शत प्रतिशत अंक हासिल गर्न सफल भएका थिए । एसएलसी२०७१ को आधारमा उच्चतम औसत अंक हासिल गर्दै अंग्रेजी विषय शिक्षक श्री भविन्द्र शेरबुजा, नेपाली विषय शिक्षक श्री केशवराज पौडेल र विज्ञान विषय शिक्षक श्री ईश्वरी न्यौपाने सम्मानित भएका थिए । कक्षा ११ को परीक्षाफलमा ४ जना विद्यार्थीहरु विशिष्ट श्रेणी हासिल गर्न सफल भएकोमा पुनम घर्ती मगर ७७.६०% सहित जिल्ला प्रथम, रक्षा राई ७७.४०% सहित जिल्ला द्वितीय र रजिता श्रेष्ठ ७६.६०% सहित जिल्ला तृतीय हुन सफल भएका थिए । वेष्ट प्वाइन्ट कलेजतर्फ कलेज तह पूरा गरी स्नातक उपाधि २५ विद्यार्थीले हासिल गरेका छन् ।
विद्यालयले २०७१ सालमा जुनियर र सिनियरतर्फ ३८ वटा आन्तरिक कार्यक्रमहरु सञ्चालन गरेको विद्यालयले जनाएको छ । २०७२ मा दैवी प्रकोप र राजनीतिक समस्याका बाबजुद २६ वटा विभिन्न कार्यक्रमहरु गरेको विद्यालयले जनाएको छ ।
त्यसैगरी २०७२ को पहिलो आठ महिनामा १३ वटा बाह्य प्रतियोगितामा सामेल हुँदै ७ प्रथम, ४ द्वितीय र २ तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
२०७२ वैशाख २ देखि ६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता२०७१ मा १३ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गर्दै रनिङ्ग शिल्ड हात पारेको थियो न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सुरेश दर्जी र हिरा थापालाई पूर्ण छात्रवृत्ति तथा अन्य विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरेर विद्यार्थीको थप हौसला बढाउने काम गरेको थियो ।
२०७२ मा सञ्चालित १४ औं जेसीजकप फुटबल प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको थियो । प्रतियोगितामा टेसन थजालीउत्कृष्ट खेलाडी, विजय शेरपुञ्जासर्वाधिक गोलकर्ता र हर्कमा रोका उत्कृष्ट गोलकिपर बन्न सफल भएका थिए । जेसीज कप फुटबलमा वेष्ट प्वाइन्ट ८ पटक फाइनल पुगेको छ भने एक पटक उपाधि जितेको छ ।
विभिन्न समयमा हुने अन्य प्रतियोगिताहरुमा पनि उत्कृष्ट सहभागिता जनाउदै आएको वेष्ट प्वाइन्टले जिल्ला स्तरीय अन्तर उच्च मा.वि. विषयगत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको थियो । ७ वटा उच्च मा.वि. सहभागी भएका थिए । उक्त प्रतियोगितामा वेष्ट प्वाइन्टले प्रथम स्थान हासिल गरेको थियो ।
अंग्रेजी नाटक महिना
विद्यार्थीहरुको अंग्रेजी भाषाको व्यवहारिक प्रयोग र उच्चारण क्षमता वृद्धि गर्नका लागि श्रावण महिनालाई English Drama Month को रुपमा मनाउँदै कक्षा नर्सरीदेखि कक्षा १० सम्म प्रत्येक सेक्सनबाट एउटा सडक नाटक प्रस्तुत गरी श्रावणमहिनामा जम्मा २८ वटा नाटक र १४ वटा प्रस्तुतिहरु मञ्चन गरेको थियो ।
प्रतिभा प्रस्फुरण कार्यक्रम (Talent Show)
विद्यार्थीमा रहेका विविध प्रतिभालाई उजागर गर्न कक्षा ९ का विद्यार्थीहरु आयोजनामा वृहत प्रतिभा प्रस्फुरण कार्यक्रम अन्तरगत २ चरणको Audition RoundFinal गरी सम्पन्न उक्त कार्यक्रममा गायन, नृत्य, अभिनय र वाद्यवादन विधामा १०० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए ।
भौतिक पूर्वाधार तर्फ
सभाहल (West Point Auditorium Hall)
तालिम, सेमिनार र गोष्ठी तथा सम्मेलन लगायतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि २०० जना क्षमताको तालिम हल आफ्नै परिसरमा निर्माण गरेको छ विद्यालयले ।
अभिभावकहरुसँगको कक्षागत अन्तरक्रिया
शैक्षिक वर्ष २०७२ भाद्र महिनासम्ममा विद्यालय तहका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरुबिच कक्षागत रुपमा अन्तरक्रिया कार्यक्रम गरेको थियो उक्त अवसरमा ९०० भन्दा बढी अभिभावकहरुसँग अन्तरक्रिया गरेको थियो वेष्ट प्वाइन्ट फाउण्डेशनले ।
प्रभात बुलेटिनको प्रकाशन
विद्यालयले सञ्चालन गरेका गतिविधि र समसामयिक लेख रचनाहरु समेटेर प्रभात नामक बुलेटीन विद्यालयले प्रकाशन गर्दै आएको छ ।
सडक नाटक
विश्व एड्स दिवसको अवसरमा वेष्ट प्वाइन्ट र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको संयुक्त आयोजनामा माध्यमिक तहका विद्यार्थीहरुको सहभागितामा सडक नाटक परिवर्तनबेनीबजारका विभिन्न स्थानमा प्रदर्शन समेत गरेको थियो ।
खुला कितावमा परीक्षा (Open Book Test-Take Home Exam)
विद्यार्थीको सिकाई दायरालाई अझ फराकिलो बनाउँदै सिकाई शृङ्खलामा परिवार समाज र सूचना प्रविधिलाई जोड्ने उद्देश्यले कक्षा २ देखि ९ सम्मका विद्यार्थीका लागि २०७२ असार महिनामा Open Book Test-Take Home Exam नामक परीक्षा सञ्चालन गरेको थियो विद्यालयले । बिद्यालयले गरेको खुला किताब परिक्षा जिल्लाको शैक्षिक इतिहासमा पहिलो भएको दावि गरेको छ ।
विश्व ज्येष्ठ नागरिक दिवस (World Grandparents Day)  को अवसरमा West Point Montessori (Pre-School) मा अध्ययनरत बाबुनानीहरुका हजुरबुबा÷हजुरआमाहरुलाई सम्मान गर्ने एवम् अनुभव आदान प्रदान गर्ने कार्यक्रम गरेको थियो । यसले गर्दा बृद्धबृद्धा अवस्थामा पुगेका अभिभावकहरु सँग साक्षात्कार गर्ने मौका मिलेको विद्यालयका प्रिन्सिपल गंगाप्रसाद खतिवडा बताउँछन् ।
विद्यालय सुधारका लागि शिक्षक मूल्याङ्कन
शिक्षकहरुको वृत्ति विकास र क्षमता अभिवृद्धि हेतु नियमित तालिम सञ्चालन गर्ने गरेको छ । शिक्षण पद्धतिलाई जवाफदेही बनाउन १६ वटा सूचकांकमा आधारित रहेर शिक्षकहरुको मूल्याङ्कन पद्धति समेत सञ्चालन गरिएको प्रिन्सिपल खतिवडाले बताए । शिक्षकहरुलाई शैक्षिक सत्रको अन्त्यमा कार्यक्षमता अनुसारको मूल्याङ्कन समेत गरिने गरेको छ ।
प्रतिधिको प्रयोग
विश्वले प्रबिधिके क्षेधमा मारेको फड्कोलाई पछ्याउँदै वेष्ट प्वाइन्ट फाउण्डेसनले कार्यालय व्यवस्थापनमा प्रविधिको प्रयोगलाई बढाउँदै लैजान उद्देश्यले चालु शैक्षिक सत्रबाट शिक्षक कर्मचारी प्रयोजनका लागि ईहाजिरीको व्यवस्था गरिएको छ ।
केही फरक प्रयोगको प्रयास
बिद्यालयले अहिले प्याकेट खाजालाई पूर्ण रुपले निरुत्साहित गरेको जनाएको छ । साथै विद्यालयले विद्यार्थीको पढ्ने बानीलाइ निरन्तरता दिन पुस्तकालय प्रयोगलाई नियमित र व्यवस्थित बनाउन नियमित कक्षा तालिकामा लाइब्रेरी कक्षा समावेश गरेको छ । प्राथमिक तहका विद्यार्थीहरुले हप्ताको २ पिरियड नेपाली विषय र २ पिरियड अंग्रेजी विषयका पिरियडहरुमा पुस्तकालय प्रयोग गर्ने तालिका निर्धारण गरी सोही अनुरुप पुस्तकालय कक्षा सञ्चालन गर्ने गरेको छ । त्यसैगरी अनिवार्य विज्ञानमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई हप्तामा एक पिरीयड तथा कम्प्युटर विज्ञानमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई हप्तामा ३ पिरियड प्रयोगात्मक कक्षाको व्यवस्था समेत विद्यालयले गर्ने गरेको छ ।
वेष्ट प्वाइन्ट फाउण्डेशन अन्तरगतको मन्टेसरी प्रिस्कुलमा पूर्ण रुपमा र पूर्व प्राथमिक तहमा आंशिक रुपमा निरन्तर मूल्याङ्कन पद्धतिलाई अनुसरण गरेको छ ।
प्राथमिक तहमा भाषा विषयमा अंग्रेजी र नेपाली ८० मिनेटका पिरीयड संचालन गरीएको छ भने भाषा सिकाइका चार वटै क्षमता सुनाई बोलाई पढाइ र लेखाईलाई मुल्याङ्कन पद्धतिमा समावेश गरीएको छ ।
आगामी योजना
विद्यालयले आगामी दिनमा Smart Board सहितको Multimedia Model Class सञ्चालनमा ल्याउने योेजना बनाएको छ । कम्प्युटर ल्याब, Science Lab, Library, Auditorium Hall df Close Circuit Camera (CCTV) जडान गर्ने योजना बनाएको छ । पूर्व प्राथमिक तहमा परामर्शदातासँग लिएको परामर्श सेवाको एक वर्षे अवधि पूरा भई थप एक वर्षका लागि परामर्श सेवालाई निरन्तरता दिने साथै, निम्न माध्यमिक तथा माध्यमिक तहका कक्षाहरुको स्तरवृद्धि गर्न आवश्यक परामर्शदाताको व्यवस्था गर्ने समेत योजना बनाएको छ ।
हाल स्कुल कलेजको लागि एउटा बस र मन्टेश्वरीका लागि स्कुल भ्यान भएकोमा मन्टेसरी (प्रिस्कुल) र विद्यालय तर्फ नयाँ स्कुल बसको व्यवस्था गर्ने योजना समेत वेष्ट प्वाइन्ट फाउण्डेशनले बनाएको छ । छात्राबासको स्तरोन्नतिका लागि डाइनिङ हल र डोमेन्ट्री हलको विस्तार कार्य अन्तिम चरणमा रहेको पुगेको साथै छात्र र छात्राहरुको लागि भिन्दाभिन्दै टिभी हलको व्यवस्था गर्ने समेत विद्यालय तथा फाउण्डेशनको योजना रहेको छ ।
प्राथमिक उपचार कक्षको स्तर वृद्धि गरी तिन बेड सहितको प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने । माध्यमिक तह ६१० का कक्षाहरु एउटै भवनमा सञ्चालन गर्नका लागि निर्माण कार्य पूरा भै सकेकोले पुस महिनाबाट कक्षा सञ्चालन गर्ने जनाएको छ । त्यस्तै  मार्सल आर्ट अन्तर्गतको तेक्वान्दो प्रशिक्षणलाई विस्तार गर्दै कराँते प्रशिक्षणको व्यवस्था समेत थालनी गर्ने चरणमा पुगेको छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालयको निर्णय अनुसार यस वर्षबाट एसएलसी परीक्षाफलमा Letter Grading System लागू गरिने भएबाट हाम्रो विद्यालयमा पनि आगामी शैक्षिक वर्षबाट क्रमशः अन्य तहमा समेत सोही पद्धति लागू थाल्ने विद्यालयले जनाएको छ । त्यस्तै वि.सं. २०५९ सालमा West Point 10 Years Vision Plan (2059-2069) तयार गरी लागू गरिएको र अपेक्षित उपलब्धि हासिल भएको अनुभवलाई हृदयङ्गम गर्दै वि.सं. २०७२ देखि २०७७ सम्मको विद्यालय तथा कलेजको पाँच वर्षे कार्ययोजना (Five Year Vision Plan) को निर्माण कार्यका लागि परामर्शदाता तथा वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन बिचको पहिलो चरणको अन्तरक्रिया सम्पन्न भएको छ । यसै शैक्षिक सत्र भित्र सो भिजन प्लान तयार गरी सोही आधारमा विद्यालय तथा कलेजको एकीकृत विकास योजना सञ्चालन  गर्ने चरणमा पुगेको प्रिन्सिपल खतिवडाले बताए ।
विद्यालयले यसै शैक्षिक सत्रबाट सुरु गरेको निरन्तर मूल्याङ्कन पद्धतिलाई मन्टेसरी (प्रिस्कुल) र पूर्व प्राथमिक तहमा पूर्ण रुपमा र प्राथमिक तहमा आंशिक रुपमा लागू गरिएकोमा सो पद्धतिलाई प्राथमिक तहसम्म पूर्ण रुपमा लागू गर्ने समेत खतिवडाले बताए ।
फाउण्डेसनले डिप्लोमा तह सम्मको अध्यापन गर्नुका साथै खेलकुदलाइ पहिलो प्राथमिकतामा राख्दै आएको छ । विद्यालयका दुइ जना विद्यार्थीहरु ८ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि काठमाडौ सम्म पनि पुगेका थिए । जिल्ला बाट छनौट भै क्षेत्र र क्षेत्र बाट पनि छनौट भएर दुइ जना छात्र केन्द्रमा पुगेका थिए ।





























,

1 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads