Loading...
पहिलो सहभागितामै रजत जित्ने बिन्दु


म्याग्दी जिल्लाको बाबियाचौर गाविसमा बाबा भीमबहादुर पुन र आमा याममााँ पुनको कोखबाट जन्मीएकी बिन्दुका एक बहिनी छन् । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जिते पछि उनको चर्चा सर्वत्र चुलियो । फुटकन्ट्याक कराँते खेलबाट उसु तिर लागेर पहिलो सहभागितामै रजत पदक हात पार्न सफल बिन्दु पुन मगरको जन्म २०५१ साउन २९ गते बाबियाचौर गाविसको बाबियाचौरमा भएको थियो ।
प्रश्न: उसु खेल तर्फको रुची हो या किन यसतर्फ लागियो ?
उत्तर: १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराँते खेल थिएन । त्यसैले मैले उसु खेल तर्फ लागेको हो । लामो तयारी र तालिम बिनै खेल्न थालेको छोटो समयमै मैले मेडल जितेँ । साग खेलकुदको छनौट प्रतियोगितबाट मेरो उसु खेल सुरु भएको हो ।

प्रश्न: कस्ले प्रोत्साहन गरेको थियो त उसु खेल्नलाइ ?
उत्तर: राम बमजन र राजिब महर्जन गुरुले मलाइ मलाई १२ औं सागमा सहभागिताका लागि उसुबाट जाँदा राम्रो हुने भनेपछि मैले यता तिर लागेको हो । सागमा कराँतेको प्रतियोगिता थिएन त्यसैले मैले उसु तिरबाट खेलमा सहभागिता जनाउन थालेको हो ।
प्रश्न : औपचारीक शिक्षा कहाँ बाट कसरी सुरु भयो ?
उत्तर: मेरो बाबा भारतीय सेनामा जागिरे हुनुहुन्थ्यो । उहाँ सँगै म भारतमै पाँच वर्षको हुँदा सम्म बसेपछि बाबियाचौर स्थीत डनीङ बोर्डीङमा पढेको थिए । बोर्डीङ बन्द भएपछि मैले मंगला उच्च मावि बाट एसएलसी उत्तिर्ण गरेको हो । दश जोड २ पनि मैले त्यही मंगलामै पढेँ ।

प्रश्न : कराँते खेल कहाँ बाट औपचारीक रुपमा खेल्न थाल्नु भयो ?
उत्तर: मैले मेरो जन्मस्थान बाबिबयाचौरबाटै कराँते थालेको हो । बाबियाचौरमा रमेश बुढाथोकी गुरुले मलाई कराँते सिकाउनु भएको हो । मैले २०६५ देखि कराँते खेल्न थालेको हो । मैले २०६८ मा भएको छैठौं राष्टिय खेलकुद प्रतियोगितमा धनगढीमा मैले कराँतेबाटै कास्य पदक प्राप्त गरेको थिए । लुम्बीनी च्याम्पीयनसिप २०७० मा स्वर्ण पदक पाएको थिए । पोखरामा भएको माछापुच्छ«े कपमा स्वर्ण, सिन्धुपाल्चोकमा भएको ओयामा कपमा स्वर्ण, काठमाडौमा भएको लक्ष्मण स्मृतीकपमा स्वर्ण पदक प्राप्त गरेको छु मैले । मैले देशबाहीर गएर खेल्दा सन २०१४ मा मलेसियामा भएको क्योक्सिन एसियन गेममा सहभागिता जनाएको थिए । क्वाटर फाइनलमा सिंगापुर सँग पराजित भएको थिए ।
कराते प्रतियोगितामा मेडल र ट्रफीका साथ बिन्दु पुन
प्रश्न : खेल क्षेत्रमा आउँदा परिवारबाट कस्तो खालको सहयोग छ ?
उत्तर: खेलक्षेत्रमा आउँदा बाबा आमाको राम्रो सहयोग छ मलाई । हौसला बढाउनु हुन्छ । खेलतिर लाग्ने बेलामा मलाई केही समय गालि गर्नु भएको थियो तर पछिल्लो समयमा आएर निकै हौसला दिनुहुन्छ र अहिले राम्रो सहयोग पाउने गरेको छु ।
प्रश्न : अन्त्यमा केही भन्नु छ कि ?
उत्तर: अबको दिनमा उसुलाई नै निरन्तरता दिन्छु म र यस क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्ने गुरु राम बमजनको प्ररणाले मलाई निरन्तर लाग्नका लागि थप हौसला मिलेको छ । खेलमा जाने क्रममा राम्रो गर्नका लागि प्रोत्साहन गर्ने बाबा आमा, गुरुहरुलाई पनि धन्यवाद दिन चाहन्छु । सञ्चार क्षेत्रमा म त्यती आएको मान्छे हैन तपाइले मलाई मेरा केही कुराहरु राख्ने मौका दिनु भयो त्यसका लागि म अमृत बास्कुनेलाइ धन्यवाद दिन चाहन्छु ।

,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads