Loading...
दलित समुदायको समस्यामा हातेमालो गर्न सक्दैनौं,भने दलित समुदायलाई भोट माग्ने अधिकार पनि छैन


आशिष परियार (झिल्के )

देश बिकास हामीले गरेको हौं । अरु सबै देशद्राेही हुन,नेपाल लाई जाेगाउ भन्दै अहिले विभिन्न राजनीति दलहरु स्थानीय चुनाबी प्रचारप्रसारमा लागि परेका छन । देश बिकास गर्नमा ठुलाे हात राजनीतिकाे नै हुन्छ, तर दलित समुदायको हक हितमा आवाज उठाउने र परिवर्तन सुत्रपात गर्ने कमनिष्टहरु नै हुन । यसो भनी रहदा अरु पार्टीकाे झण्डा बाेक्ने मित्रहरुलाई मन दुख्न सक्छ ।

त्यो स्वभाविक हो तपाईं अाफुले अाफैलाई प्रश्न गर्नुस ? म आवद्ध पार्टीले नेपालका ६० लाख दलित जनताकाे पीडा र मुक्ति दिलाउन के गर्याे ? भनेर कुनै दलितले उपल्लो जातीको चेलीबेटी बिबाह गर्याे, भने समाजमा उसलाई हत्या गरिन्छ । कुनै ठाउँमा गएर तपाईंहरुले यसाे गर्नु कानुन बिपरित हाे भनेर समाजमा सामु अाैला उठाउनु भएकाे छ,भने भन्नुहोस् कहाँ कति दलित समुदायको समस्या समाधान गर्नु भयो ।

धारामा गाग्री छुदा दलितहरु कुटपिट सहेका छन, शहरमा पनि घर भाडा नपाएर दलितहरु भाैतारिएका पीडा छ । अझै केही हप्ता पहिला सुर्खेतका भिम परियार भान्सा छुदा बेहाेसी हुने गरि कुटिए । यस्ता घटनामा तपाईंको कुनै नेता पुगेर खबरदारी गरेका छन कि छैनन् सोच्नुपर्ने हो कि होइन । पछिल्लो समयमा दलितहरुलाई छुवाछूत निहुँमा हत्या, हिंसा लगायत काण्डमा हत्या गरिएकाे छ । सिराहामा दिपक दाेमलाई इनारमा पानी भर्न नदिएकाे पीडा सबैलाई थाहा छ, काभ्रेका अजित मिजारर र लक्ष्मी परियारकाे लास शिक्षण अस्पतालमा अझै कुहेकाे छ ।

रामेछापमा मन्दिर भित्र दलित पसेका कारण ५ हजार जरिवाना तिर्नु लगाइ कुटपिट गरे । हेटौंडामा सर्कीनी दिदिलाई धारामा पानी छुदा कुटपिट गरि हात भाचिदिए, गुल्मी र सुर्खेत लगाएत नेपाल भरी नै दलित अन्यायमा परेका छन । यी घटनाको बारेमा पार्टीमा अावाज उठाउनु भाे,दलित नेता आवद्ध पार्टीले जनचेतनाका अभियान र खबरदारी काम गरेर मात्रै हुदैन,खै त दलित माथी भएको अन्याय,अत्याचार माथीको कार्वाही, ६०लाख दलित पुर्खाले र हामीले पाएकाे पिडालाई राजनीतिक दलले फाइदा मात्रै उठाउन खोज्नु दुर्भाग्यपूर्ण छ । यदि सक्छौ भने दलितको मुद्दालाई सबै राजनीति दलले उठाउ र कार्वाही प्रक्रिया अगाडि बढाउनु होस ।

नत्र भने कस्का लागि गर्ने, राजनीति पार्टीले दलितहितमा गरेका काम छन भने उल्लेख गर्नु, सक्नुपर्छ, मैले केही समय अगाडि पनि भनेकाे छु, दलित अग्रज नेता,दलित युवा साथीलाई मेराे प्रश्न छ ? कुसंस्कार रुपमा रहेकाे छुवाछूतलाई किन बेवास्ता गर्ने,खै त न्यायको लागी तपाईंहरुको पहल होइन भने के का लागि हाे राजनीति दलित मुक्ति र समान अधिकारकाे लागि हाे, भने पहिले दलितका कुहेका लास जलाउने काम गर्न सक्नुपर्छ ।

अन्यायमा परेका दलितहरुलाई न्याय दिलाउन गुल्मी , काभ्रे , रामेछाप , हेटाैडा र सुर्खेतकाे घटनामा खोजतलास गरेर सरकारमा अावाज उठाउन सक्नुपर्‍यो, होइन भने दलित समुदायलाई भाेटकाे भर्र्याङ् मात्रै बनाएर कसरी माग्न सक्छौ, भोट यदि दलित समुदायको समस्यामा हातेमालो गर्न सक्दैनौं भने राजनिती दलमा आवद्ध नेताकार्यकर्ता लाई भाेट माग्ने अधिकार पनि छैन,भोट दिने नदिने दलित समुदायको अधिकार हो ।
रत्नेचाैर - ९ अर्जम म्याग्दी
हाल मलेसिया
आशिष परियार (झिल्के ) को ब्याक्तिगत बिचार हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads