Loading...
सारिका र प्रेमको ‘देश-परदेश’ घोषणा

करिश्मा मानन्धर र धीरेन शाक्य अभिनित फिल्म ‘देश-परदेश’ आजभन्दा एक दशक अगाडि निर्माण भएको थियो । यो फिल्मले निकै राम्रो व्यापार गरेको थियो । निर्देशक राजु गिरीले यही नाम सापटी लिँदै फिल्म निर्देशन गर्ने भएका छन् ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म ‘देश-परदेश’को शुभसाइत गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप हानेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले मुहुर्त सर्टको निर्देशन गरेका थिए । यस्तै, हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले नरिबल फोडेर फिल्मको शुभसाइत गरेका थिए ।
राजु गिरी प्रोडक्शन र सोनी फिल्मस्को संयुक्त प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता प्रेम सोनीले राम्रो बिषयवस्तु भएका कारण आफू अभिनय र निर्माणमा अग्रसर भएको बताए । यस्तै, नायिका सारिका केसीले फिल्मको कथावस्तुले मन छोएपछि काम गरेको सुनाइन् । उनले भनिन्, ‘म फिल्ममा गाउँकी एक सामान्य यूवतीको भूमिकामा देखिनेछु।’
निर्देशक राजु गिरीले ‘देश–परदेश’ विशुद्ध नेपाली परिवेशको फिल्म हुने बताए । उनले भने, ‘मैले यसअघि जे जस्ता फिल्म बनाएपनि अब यो फिल्मबाट आफ्नो छवि परिवर्तन गर्नेछु । ‘देश-परदेश’ सारा नेपालीले हेर्न लायकको फिल्म बन्नेछ ।’ उनका अनुसार, फिल्मले परदेशमा बसेका श्रीमान र नेपालमा बसेकी श्रीमतिबीचको कथा बोल्नेछ ।
फिल्ममा प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन असार २२ गतेबाट सुरु हुनेछ । फिल्मको छायांकन सिंगापूर र नेपालको धम्पुसमा हुने निर्देशक गिरीले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads