Loading...
निर्वाचन सम्पन्न भएपछि के भने प्रधानमन्त्रीले ? (विज्ञप्तिसहित)


काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत बुधबार भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु–याउने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै प्रधानमन्त्री देउवाले छन् – “जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्, यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।”

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads