Loading...
माओवादीका उम्मेदवारको चुनाव चिन्ह रुख, कांग्रेसका उम्मेदवारको गोलकार भित्र हसिया हथौडा’

अर्घाखाँचीको चार स्थानीय तहमा कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
चार तहका दुई स्थानमा प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर चुनावको प्रचारप्रसार गरिरहेका छन् ।
तर चारै तह मध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादी बिच गजबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।
प्रमुख र उपप्रमुख मात्र हैन वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिन्हमा चुनाव लडेका छन् । ९ वडा रहेको मालारानी गाँउपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिन्ह रुख र ६ वडामा माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडामा चुनाव लडेका छन् ।
वडा अध्यक्ष कांग्रेस भएको वडामा माओवादीका सदस्य पनि रुख चिन्हमा लडेका छन् । वडा अध्यक्ष माओवादी भएको वडामा कांग्रेसका सदस्य पनि हसिया हथौडामा चुनाव लडेको माओवादीका नेता अशोक खनालले जानकारी दिनुभयो ।

सहमति अनुसार अध्यक्ष र २ सदस्य गरी तीन जना अध्यक्ष पाउने पार्टीले र दुई जना सदस्य अर्को पार्टीले पाउने गरी सहमति भए अनुसार चुनावी प्रचारमा लागेका छन् ।
मालारानी गाउँपालिका वडा नम्बर १ मा कांग्रेसबाट प्रेमबहादुर पाण्डे, वडा नम्बर ३ मा सोभाखर खनाल र वडा नम्बर ४ मा कृष्ण खनाल अध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ ।
यी वडामा दुई सदस्यका लागि माओवादीका उम्मेदवार रुख चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । माओवादीका दुई सदस्य कांग्रेसको तर्फबाट नै उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैले उनीहरुको चुनाव चिन्ह पनि रुख नै भएको हो ।
यस्तै वडा नम्बर २, ५, ६, ७, ८ र ९ मा माओवादी केन्द्रका शिवबहादुर कुवँर, सोभाखर भुषाल, नारायणप्रसाद अर्याल, लक्ष्मण खड्का, बालकृष्ण अधिकारी र फनबहादुर पुन अध्यक्ष सहित दुइ सदस्य र कांग्रेसका दुई सदस्य पनि हसिया हथौडा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् ।
यी वडामा कांग्रेसका दुई सदस्यले माओवादीको तर्फबाट नै उम्मेदवारी दर्ता गरएका हुन् । त्यसैले उनीहरुको चुनाव चिन्ह पनि गोलाकार भित्र हसिया हथौडा भएको हो ।
प्रेमनारायण आचार्य/उज्यालो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads