Loading...
कारखाना’ वार्ता : वर्षा भन्छिन्, ‘म जिद्धि छु’


यही शुक्रवारबाट शुशिल श्रेष्ठ र वर्षा सिवाकोटी अभिनित फिल्म ‘कारखाना’ रिलिज हुँदैछ । अहिले यो फिल्मको ‘तिमीले बोलेको’ बोलको गीत निकै चर्चामा छ । सार्वजनिक ट्रेलरमा देखिएको बदलाको कथाले पनि ‘कारखाना’लाई प्रतिक्षित बनाएको छ ।
‘होस्टेल रिर्टन्स’बाट नेपाली रजतपटमा भित्रिएका सुशील श्रेष्ठ र ‘नाई नभन्नू ल २’ बाट भित्रिएकी वर्षा सिवाकोटी अभिनित फिल्म ‘कारखाना’ लभस्टोरी र एक्सनप्रधान रहेको निर्माणपक्षको दावी छ । फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ।
फिल्मका विषयमा जानकारी दिँदै नायिका वर्षाले ‘कारखाना’ नारीप्रधान फिल्म रहेको बताइन् । उनी भन्छिन्, ‘फिल्ममा यस्तो कथावस्तु छ, जसमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म निर्माण भएको छैन । फिल्ममा देखाइएका प्रत्येक घट्नाहरुले आम युवतीहरुले आफ्नै कथा महसुश गर्नेछन् । यो दर्शकहरुका लागि सन्देशमुलक फिल्म हो ।’
उनले आफ्नो भूमिकाको विषयमा भन्दै अगाडि थपिन्, ‘फिल्ममा मैले निर्वाहा गरेको भूमिका फरक छ । ‘लप्पन छप्पन’मा केही फरक गर्न खोजेको थिए, जसलाई पनि निकै रुचाइदिनुभएको थियो । यसमा पनि केही फरक गर्ने कोशिश गरेकी छु । आगामी दिनमा पनि म ‘कारखाना’ जस्तै फिल्ममा काम गर्ने प्रयास गर्नेछु ।’
‘फिल्ममा मैले जिद्धि खालको तर साधारण यूवतीको भूमिका निर्वाहा गरेको छु । उसले एउटा सानो गल्ती गर्छे जसले उसको जीवनमा निकै ठूलो तरंग ल्याउँछ । त्यसबीचमा उसले गरेको संघर्ष फिल्ममा देख्न पाइन्छ । फिल्ममा मलाई एउटा विवश यूवतीदेखि संघर्ष गर्न नडाउने यूवतीको भूमिकामा देख्न सक्नुहुन्छ ।’, उनले भनिन् ।
विवाहको मण्डपबाटै भागेकी बेहुलीले त्यसपछि भोगेका र आइपरेका घटना र यात्रा दौरान जोडिने पात्रहरूसँगको अन्तरद्वन्द्वले निम्त्याउने समस्या र बाध्यतालाई फिल्मले समेट्न खोजेको बताइएको छ। दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको पटकथालाई अमरदीपले नै निर्देशन गर्न लागेका हुन्।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads