Loading...
थापाले जिते हिमालयन गोल्फ २०१७ को उपाधि

थापाले जिते हिमालयन गोल्फ २०१७ को उपाधि
काठमाडौं (अस) । हिमालयन बैङ्क गोल्फ प्रतियोगिता २०१७ को उपाधि ध्रुव थापाले जितेका छन् । हालै रोयल नेपाल गोल्फ कोर्समा सम्पन्न प्रतियोगितामा थापा ४० अङ्कका साथ विजेता बने भने ३८ अङ्कका साथ जीवन लिम्बू दोस्रो भए । ३२ अङ्क जोडेका आङनोर्बु शेर्पाले बेष्ट ग्रसको उपाधि जिते । महिलातर्फ ३६ अङ्कका साथ प्रतिमा शेर्पा प्रथम भइन् भने ३४ अङ्क बनाएकी पवित्रा याक्थुम्बा दोस्रो बनिन् ।
सिनियरतर्फको उपाधि कर्नेल शशिविक्रम सिंहले जिते भने गौतम सायमी उपविजेता बने । प्रतियोगिताको सुपर सिनियरतर्फको उपाधि मेजर मणिप्रसाद राईले जिते भने गेष्टतर्फको विजेता पृथ्वी मल्ल बने ।
प्रतियोगितामा हिमालयन बैङ्क परिवारका तर्फबाट समीर आचार्यले उपाधि हात पारे भने जुनियरतर्फको विजेता विनोद तामाङ तथा उपविजेता शाश्वत प्रधान भए । प्रतियोगिताका मोष्ट बर्डिजको उपाधि मिथुन राईले हात पारे भने लङ्गेष्ट ड्राइभको उपाधि शैलेश साङ्घाईले जिते । त्यसैगरी, क्लोजेष्ट टु दि पिनको पुरस्कार स्वदेश गुरुङले पाए भने २४औं भाग्यमानी गोल्फरको पुरस्कार रेखा घिमिरेले प्राप्त गरिन् ।
स्टेबल फोर्ड ३/४ ह्याण्डिक्याप्समा सञ्चालन भएको प्रतियोगितामा १ सय ६ जना प्रतिस्पर्धी सहभागी थिए । हिमालयन बैङ्कका अध्यक्ष मनोज बहादुर श्रेष्ठ, प्रमुख सल्लाहकार हिमालयशमशेर राणा, बैंकका निर्देशक प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा तथा रोयल नेपाल गोल्फ क्लबका क्याप्टेन मेजर एनके राईले  विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads