Loading...
शीर्ष नेता को कहाँ मत हाल्दै?


स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । 

शीर्ष नेताहरूले भोलि बुधबार कहाँबाट मतदान गर्दैछन् ?  
- प्रधानमन्त्री शेरबहादुर देउवा : गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्र
- सभामुख ओनसरी घर्ती : लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालय केन्द्र
 उपराष्ट्रपति नन्दबहादुर पुन : खोलीगाउँपालिका–२ रोल्पा
- झलनाथ खनाल : इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्र
- कृष्ण सिटौला : झापाको भद्रपुर–१० स्थित कबलगुडी प्रावि
- वामदेव गौतम : बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमावि
- सुवास नेम्बाङ : इलाम नगरपालिका ७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र
- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा : रोल्पाको लिवाङ नगरपालिका–१को तारा माध्यमिक विद्यालय केन्द्र

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads