Loading...
साझाले जेष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने


काठमाडौँ–साझा यातायातले अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निशुल्क यात्रा गराउने भएको छ । साझाले काठमाडौँ महानगरपालिकासँग यस्तो सम्झौतामा हस्ताक्षर गरेको हो । महानगरपालिकाको १५ करोड सेयर रहेको साझाले ५ वर्ष मुनीका बालबालिकालाई पनि निशुल्क सेवा दिने भएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यकै उपस्थितिमा महानगरले मंगलबार एक कार्यक्रम गरी सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार साझालाई नाफामूखी भन्दा पनि सेवामूखी संस्थाका रुपमा विकास गर्न भन्दै आजै महानगरपालिकाले साझालाई सहकारीलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

सो सम्झौता अनुसार नै साझाले क र ख वर्गका अपाङ्गता भएका र अति गरिबीको परिचय पत्र प्राप्त गरेको नागरिकलाई पनि साझाले निशुल्क सेवा दिनुपर्नेछ । ‘महानगरवासीले सुरक्षित, सहज र सर्वसुलभ यातायातको अनुभूत गर्न सकून भनेर हामीले साझासँग यस्तो सम्झौता गरेका हौँ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने – ‘साझाले सेवाको योजना बनाएर ल्यावस् हामी सहयोग गर्न तयार छौँ । उहाँहरुको योजना नाफामूखी होइन सेवामूखी हुनुपर्छ ।’ 

मेयर शाक्यले महानगरमा केबुलकार, मोनोरेल, मेट्रोरेल निर्माणका लागि थुप्रै प्रस्तावहरु आएको भन्दै सेवामूखी प्रस्तावलाई स्वीकार गर्ने जानकारी पनि दिए । महानगरसँग भएको सम्झौता अनुसार अब साझाले रात्रीकालिन सेवा प्रदान गर्नुपर्ने छ ।   

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads