Loading...
सुष्माले गरिन् थर परिवर्तन, के प्रेममा छिन् ?


नेपाली फिल्मकी हट एन्ड सेक्सी नायिका सुष्मा कार्की केही वर्षयता गुमनाम जस्तै छिन् । न उनी अभिनित फिल्म रिलिज भएका छन् नत उनका कुनै स्क्यान्डलका खबरहरु नै बाहिर आएका छन् । केही वर्ष अगाडिसम्म फिल्ममा बोल्ड सिन र प्रेममा रहँदा ब्याईफ्रेण्डसँगको झगडाका कारण सुष्मा निकै चर्चामा थिइन् । वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘चलेछ बतास सुस्तरी’पछि उनी ठूलोपर्दामा देखिएकी छैनन् । लगातार आफू अभिनित फिल्महरु असफल हुँदै गएपछि उनको सक्रियता कम भएको हो ।
राजधानीमा हुने केही सार्वजनिक कार्यक्रममा देखिरहेपनि उनको दैनिकीबाट के स्पष्ट हुन्छ भने अहिले उनको हातमा फिल्म छैन् । फिल्म ‘लुट’मा समावेश ‘उध्रेको चोली’ बोलको आइटम गीतमा नृत्य गरेपछि उनलाई फिल्मभन्दा स्टेज कार्यक्रमको निम्तो बढी आउन थाल्यो ।
उनी अहिले पनि यही गीतका कारण देश र विदेशमा हुने विभिन्न साँस्कृति कार्यक्रममा व्यस्त हुने गर्छिन् । खबरका अनुसार, उनले केही हप्ता अगाडि मात्र ‘रोमियो एन्ड मुना’ नामक फिल्मको छायांकन सकाएकी छिन् ।
चुलबुले स्वभावकी सुष्माको हातमा फिल्म नभएको खबरहरु बेलाबखतमा मिडियामा आइरहेपनि उनले आफ्नो प्रत्येक अन्तर्वार्तामा भने फिल्महरुबाट अफर आइरहेको भन्न भने छुटाउँदिनन् । नेपाली फिल्ममा नयाँ नायिकाहरुको आगमन विस्तारै बढेसँगै अहिले सुष्मालाई लिएर निर्माताहरु जोखिम मोल्न चाहेको देखिन्न । प्रत्येक फिल्ममा बोल्ड सिन दिएका कारण पनि दर्शकहरुमा उनको छाप अन्य नायिकाहरुको जस्तो छैन् । यसैले पनि उनको हातमा राम्रो फिल्म पर्न सकेका छैनन् ।
सुस्ताको आफ्नो करिअर माथि उठाउनका लागि सुष्मालाई अहिले राम्रो फिल्म चाहिएको छ । अब राम्रो ब्यानर र कथावस्तु हेरेर मात्र फिल्म गर्ने सोच बनाएकी सुष्मालाई के निर्माताहरुले पत्याउलान् ? अब उनी राम्रा निर्देशकसँग राम्रो फिल्ममा काम गरेर आफ्नो अभिनय यात्रालाई फरक तरिकाले अगाडि बढाउन चाहन्छिन् । आखिर, सुष्माले खोजेजस्तो निर्देशक र बिषय कहिले भेटिएला ?
 
के फेरि प्रेममा छिन् सुष्मा ? 
नायिका सुष्मा कार्कीको प्रेमसम्बन्धको खबरले तपाईहरुलाई आश्चर्यमा पक्कै पार्ने छैन किनकी उनको यसअघि पनि केही यूवकसँग अफेयरको खबर बाहिर आइसकेको छ । अनुप्रस्थ ब्याण्डका गायक नरेन शाहीसँग नायिका सुष्मा केही वर्षसम्म प्रेमसम्बन्धमा थिइन् । कार्की र शाहीबीच सामान्य प्रेमसम्बन्ध मात्र थिएन, उनीहरू ‘लिभिङ् टुगेदर’मा थिए।
नायिका कार्कीले शाहीले आफूलाई बारम्बार कुटपिट गर्ने गरेकोले सम्बन्ध बिच्छेद गर्नुपरेको उनले एक अन्तर्वार्तामा नै बताएकी थिइन् । त्यसपछि उनी प्रेमसम्बन्धमा रहेको खबर बाहिर आएका थिएन । तर, हालैमा सुष्माले आफ्नो फेसबुकमा एक तश्वीर पोष्ट गरेकी छिन्, जुन तश्वीरले तपाईहरुलाई पनि आश्चर्यमा पार्न सक्छ ।
नायिका सुष्माले फेसबुकमा एक यूवकलाई चुम्बन दिएको तश्वीर शेयर गरेकी छिन् । स्काइपमा सुष्मा एक यूवकलाई चुम्बन दिइरहेकी छिन् भने उक्त यूवकले पनि सुष्मालाई चुम्बन फर्काएका छन् । अनुहार नदेखाइएको तश्वीरमा सुष्माले आफ्नो ओठ र यूवकको ओठमात्र देखाएकी छिन् । उनले तश्वीरसँगै क्याप्सन पनि लेखेकी छिन्, ‘कति माया’ ।
स्रोतले ‘फिल्मीखबर डटकम’ लाई दिएको जानकारी अनुसार, सुष्मा चाँडै बैबाहिक सम्बन्धमा बाँधिदै छिन् । उनी अहिले एक एनआरएन यूवकको प्रेममा रहेको खबर छ ।
थर परिवर्तन
यतिमात्र होइन, सुष्माले आफ्नो थर पनि परिवर्तन गरेकी छिन् । उनले आफ्नो आधिकारीक फेसबुकमा सुष्मा राना कार्की नाम राखेकी छन् । कतै सुष्माले प्रेमीको थर आफ्नो नामको पछाडि राखेकी त होइनन् ? कि उनले गुपचुपमा विवाह नै गरिसकिन् ? हालैमा उनले शेयर गरेको तश्वीर र फेसबुकमा नाम परिवर्तन गरेपछि अहिले यस्ता खाल्का प्रश्नहरु उब्जिरहेका छन् । आखिर सत्यता के हो ? अब यसको जवाफ त उनले नै दिनेछिन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads