Loading...
नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान

काठमाडौँ, ८ असार - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् । पूर्वआइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ जेल चलान भएका हुन् । उनीहरू चारैजना बुधबार अदालतमा उपस्थित भएका थिए । अदालतले उनीहरूलाई डिल्लीबजार कारागारमा पठाएको छ ।om-bikram-rana-and-Hem-bahadur-Gurung-810-1
नयाँ पत्रिका लेख्छ- चारैजना बुधबार सँगै अदालत गएका थिए । डिल्लीबजार कारागारमा पनि उनीहरू एउटै कोठामा बसेका छन् । कारागारका एक प्रहरी अधिकारीका अनुसार करिब १५ जना अट्ने एउटा ठूलो कोठामा उनीहरू सँगै बसेका हुन् । उक्त कोठामा अन्य विभिन्न अपराधमा जेल परेका व्यक्तिहरूसमेत छन् । ०६८ मा पनि विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा पूर्वआइजिपीहरू केही दिन डिल्लीबजार जेलमै बसेका थिए ।

के हो सुडानकाण्ड 
०६३ मा संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीका लागि द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा फम्र्ड पुलिस युनिट (एफपियू) मिसन दिने प्रक्रिया सुरु गर्दै तयारी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । एफपियू मिसन ब्यारेकका रूपमा बस्ने भएकाले आवश्यक सबै सामान नेपाल प्रहरीले नै खरिद गर्नुपर्ने थियो । ०६४ मा नेपाल प्रहरीले कल्याण कोषबाट बन्दोबस्तीका सामान खरिद प्रक्रिया अघि बढाएको थियो । ०६५ असोजदेखि प्रहरी सुडानस्थित एफपियू मिसनमा खटियो । ७ असार ०६४ मा गृह मन्त्रालयले बन्दोबस्तीका सामान खरिदका लागि स्वीकृति दिएको थियो ।

बेलायतको एस्युर्ड रिस्क लिमिटेडको नेपाल एजेन्ट भगवती ट्रेडर्समार्फत बुलेटप्रुफ बख्तरबन्द गाडीलगायत सामान खरिद गरिएको थियो । कमसल सामान खरिद गरी प्रहरी तथा नेताहरूले करोडौँ कमिसन खाएका थिए । राष्ट्रसंघका अधिकारीले ती सामान प्रयोग गर्न अयोग्य भएको ठहर गरेको थियो । त्यसपछि सुडान भ्रष्टाचार प्रकरण बाहिर आयो र छानबिन सुरु भयो । संसद्को राज्यव्यवस्था समितिले सुडानमै पुगेर स्थलगत अनुसन्धान गरी प्रतिवेदन अख्तियारमा बुझाएको थियो । सोही प्रकरणमा रमेशचन्द ठकुरी आइजिपी पदबाट हटेका थिए । सोही भ्रष्टाचारका कारण अहिले पनि प्रहरीको सुडान मिसनमा समस्या छ ।

नयाँ बन्दोबस्तीका सामान पठाउन प्रहरीलाई ५ वर्ष लागेको थियो । जसकारण प्रहरीले करोडौँ शोधभर्ना मात्र गुमाएन, राष्ट्रसंघमा प्रहरीको छविमै दाग लाग्यो । अहिलेसम्म पनि प्रहरीले सुडान मिसनमा पर्याप्त बन्दोबस्तीका सामान उपलब्ध गराउन सकेको छैन । जसकारण नेपाल प्रहरीलाई राष्ट्रसंघले पटक–पटक मिसन नै फिर्ता गर्ने चेतावनी दिँदै आएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads