Loading...
ग्याङफाइट’मा एक युवती गम्भीर घाइते

ललितपुर, ८ जेठ- युवतीका दुई समूहबीच मंगलबार ललितपुरमा भएको ‘ग्याङफाइट’मा एक युवती गम्भीर घाइते भएकी छिन् । काभ्रे बनेपाकी १८ वर्षीया कोपिला गिरी घाइते भएकी हुन् । उनको टाउको र पेटमा चक्कु हानिएको छ । चक्कु हान्ने समूहका पाँच युवतीलाई प्रहरीले पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ ।

प्रहरीका अनुसार योजना बनाएरै उनीहरूले ग्याङफाइट गरेका हुन् । आस्था राई र कोपिला गिरीको भेट करिब ६ महिनाअघि एक केटा साथीमार्फत भएको थियो । चिनजानपछि उनीहरू फेसबुकमा साथी बने । आस्थाले कोपिलालाई आफूहरूको फेसबुक ग्रुपमा पनि राखिन् ।

उनीहरूको ग्रुप च्याट पनि हुन्थ्यो । ग्रुप च्याटका क्रममा झगडा हुन थालेको थियो । एकले अर्कालार्ई अश्लील गाली गर्न थालेका थिए । त्यसपछि फोनमै पनि उनीहरूबीच झगडा हुन थाल्यो । ग्रुपका केही युवती आस्थाको पक्षमा थिए भने केही गिरीको पक्षमा । च्याटमा नभई भेटेरै झगडा गर्ने उनीहरूले योजना बनाए ।gang fight

यसअघि पनि उनीहरूबीच दुईपटक ग्याङफाइट तय भएको थियो । गिरीको समुहले सुरुमा काभ्रेको पनौती र पछि भक्तपुरमा बोलाएको थियो । राई समूहका युवतीहरु त्यहाँ जान मानेनन् । मंगलबार साँझ हात्तीवनको डाडाँमा फाइट गर्ने तय भएको थियो । सोही अनुसार गिरी समुहका तीन युवती हात्तीवन गएर बसेका थिए । तर, राईको समुहले उक्त ठाउँ नदेखेको भन्दै आफुलाई लिन सातदोबाटो आउन भन्यो । गिरी आफ्नी एक साथीसहित स्कुटरमा सातदोबाटो आइन् । भेट्नेवित्तिकै राईको समूहले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । गिरीकी साथी भाग्न सफल भइन । गिरीलाई नियन्त्रणमा लिएर ८ युवतीको समूहले छुरा प्रहार गरेको थियो ।

छुरा प्रहारमा संलग्न १७ वर्षिय सलिना राई सुनुवार, २७ वर्षकी मन्जु राई, २३ वर्षकी कामदा राई र १६ वर्षकी रिता थापामगर पक्राउ परेका छन् । फाइटपछि बस चढेर भाग्न खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादबले बताए । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले बुधबार कारबाही अघि बढाएको छ । टाउको समेत चोट लागेर गम्भीर घाइते भएकी गिरीको सेमरु अस्पतालमा उपचार भइरहेको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads