Loading...
यो जिन्दगीले कहाँ पुर्‍यायो...



जिन्दगीले यसरी धोको दियो कि भाग्य आफ्नो बुझ्नै सकिन 
सयम यसरी बदलिदियो कि बाटो आफ्नो हो चिन्नै सकिन 
.....................
मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो
कहिले हसायो कहिले रुवायो 
आफैसँग छुटाएर एक्लो बनायो 

रामकृष्ण ढकालले फरक फरक समयमा गाएका यी दुई गीत कसैको जीवनमा एकै पटक मिल्छ भने त्यो संयोगमात्र होला  । तर यस्तैभएको छ । कलाकार लक्ष्मी रानामगरको जीवनमा । 

आजभन्दा २० बर्ष पहिले नेपाली टेलिश्रृंखला एक साँझ, बाचा बिर्सेको छैनमा अभिनय गरेर दर्शकको माया बटुलेकी उनी अहिले भने जीवनको लागि सहयोगको याचना गरिरहेकी छिन् । वीर अस्पतालको इमरजेन्सीमा बेड नं १ मा उनलाई भेट्न सकिन्छ जहाँ उनी मृत्युसँग युद्ध गरीरहेकी छन् । उनको साथमा न त कोही आफन्त छन् न त उपचार गर्ने खर्च नै । तर पनि जीवनदेखि हार मानेकी छैनन् ।

टेलिश्रृंखलामा अभिनयबाट चर्चा कमाएकी उनी नृत्यमा पनि त्यति नै अब्बल थिइन् । नेपालमा मात्र होइन जापान, कोरिया, भारत, स्वीजरल्याण्ड लगायतका देशमा पुगेर आफ्नो कला देखाइन् । उनले यो समयमा आफ्नो कला देखाएर विदेशमा बसेका नेपालीहरुको मायाको पनि कमाइन् । 

मंगलबार विहान म र जुनु घर्तीमगर तीनै चर्चित नृत्यांगना र नायिकालाई खोज्दै कलंकीस्थित मगरसंघको कार्यलयमा पुग्यौँ । तर, त्यहाँ पुग्दा कार्यलयमा ताला लगाइएको थियो । छेउमा रहेको किराना पसलमा सोध्दा ती दिदीले भनिन् । लक्ष्मी जी त अस्पताल जानु भएको छ । 

हामी उनलाई खोज्दै वीर अस्पताल पुग्दा इमरजेन्सीको १ नं बेडमा फेला पार्यौँ । उनलाई देख्दा लाग्दैनथ्यो यी कुनै समयमा निकै चर्चित रहेकी लक्ष्मी राना मगर नै हुन् । 

‘हजुर नै हो नि लक्ष्मी रानामगर’ भन्दा उनले अनुहार केही उज्यालो बनाउँदै टाउको मात्र हल्लाइन् । 

उनीसँग कुराकानी सुरु गर्दा लागेको थियो बोल्न सक्दिनन् होला अथवा बोल्न मान्दिनन् । तर म नै गलत सावित भए । 
फिल्म क्षेत्र पछि उनले नृत्य क्षेत्रलाई नै प्राथमिकता दिने निधो गरिन् । यहीबाट नै जीवनको फरक यात्रा सुरु भयो उनको । ‘फिल्मा खेले तर यो क्षेत्रमन परेन त्यही भएर कला क्षेत्रकै फरक क्षेत्र रोजे, नृत्य । मलाई सबै भन्दा खुशी नाच्दा हुन्छ । ’

उनलाई विगतको बारेमा सोध्दा उनी अलि भावुक भइन् । झण्डै दुई दशकअघिको कुरा सम्झदै उनले भनिन् ‘म सानीनै थिएँ । भारतका कलाकार नेपाल प्रज्ञा प्रतिष्ठानमा आएका थिए । मलाई पनि नाच्न भनिएको थियो । त्यो दिन नाचेपछि मैले कहिल्यै फर्केर हेर्नु परेन ।’

तर त्यसबीचमा संघर्ष गर्दा धेरै दुःखकष्ट पनि बेहोर्नुपर्यो । उनी करिब १० बर्षको अमेरको हुँदा नै आमाबुबा गुमाइन् । त्यहीबेला उनी र उनी भन्दा तीन बर्षले सानो भाइ थिए । आमाबुबापछि बज्यैपनि त्यही बर्षमा गुमाउन पर्यो । 

यति भन्दा उनका आँखा रसाइ सकेका थिए । केहि समय पहिला देखिएको उनको अनुहारको उज्यालोमा एकाएक आमाबुबाको सम्झनाको बादलले घेर्न पुग्यो । 

आमाबुबा गुमाएपछि उनले आफ्नो भाइलाई बोकेर वीरगन्ज हिँडिन् । जब कि काठमाडौको क्षेत्रपाटीमा उनको घर थियो । उनको बुबाको हिस्साको । तर उनले त्यो सबै छाडेर वीरगन्ज ठूलो हजुरबुबाको घर गएर बसिन् । त्यह उनले पढिन् । काठमाडौको परोपकार स्कुलमा ४ कक्षा पढेकी लक्ष्मीलाई विरगन्जको नेपाल राष्ट्रिय विद्यापिठमा कक्षा ६मा भर्ना गरिदियो । त्यहि एसएसलीसम्म पढिनन् । 

एसएसलसी पास गरेपछि पुनः भाइलाई लिएर उनी काठमाडौ फर्किइन् । भाइलाई पनि काठमाडौमा नै एसएलसीसम्म पढाइन् र आफु पद्यमकन्यामा भर्ना भइन् । 
उनले एसएलसी १६ बर्षमा पास गरेकी थिइन् । यहि समयमा नै हो उनले करिश्मामानन्धरसँग मनकामना फिल्ममा अभिनय गर्ने मौका पाइन् । तर उनलाई यो क्षेत्र मन परेन । 

फिल्म क्षेत्र पछि उनले नृत्य क्षेत्रलाई नै प्राथमिकता दिने निधो गरिन् । यहीबाट नै जीवनको फरक यात्रा सुरु भयो उनको । ‘फिल्मा खेले तर यो क्षेत्रमन परेन त्यही भएर कला क्षेत्रकै फरक क्षेत्र रोजे, नृत्य । मलाई सबै भन्दा खुशी नाच्दा हुन्छ । ’

नृत्यलाई अघि बढाउँदै जाँदा नेपाल टेलीभिजनबाट प्रसारित हुने टेलिश्रृंखला एक साँझमा प्रमुख भूमिका निभाउने अवसर पाइन् । यो ‘थ्याक्स मिस्ट ग्ल्याड’को नेपाली रुपान्तरण हो । ठूलो पर्दा मन नपरे पनि सानो पर्दाको अभिनयबाट उनी सन्तुष्ट भएको उनको भनाई । 
छुट्दा जुना जीले हातमा पाँच हजार राखिदिइन् र हरेक महिना पाँच हजार दिने बचन पनि वचन दिइन् । दुवै एकअर्कालाई अंकमाल गरे । त्यो दृश्य सारै आत्मीय थियो । 

नृत्य र अभिनयसँगै उनले पढाइलाई पनि निरन्तर जारी राखिन् । उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । उनको जीवन सकारात्मक दिशामा नै अघि बढिरहेको थियो । स्टेज सोको लागि विभिन्न देश जाने आउने काम निरन्तर चलेको थियो । यसबाट आम्दानी पनि राम्रो थियो । 

कान्छो भाईले विवाह गरेर घरबार बसाउँदा उनले भने करियरमा नै ध्यान केन्द्रीत गरिन् । विवाहपछि भाई अलग बस्न थाल्यो । तर, एसएलसीसम्म मात्र पढेको भाईको परिवारलाई हेर्ने काम पनि लक्ष्मी कै थियो । भाग्यको खेल, भाइपनि आज भन्दा ६ बर्ष पहिला बित्यो । 

भाइ बित्नु भन्दा पहिला नै लक्ष्मीलाई रोगले च्यापि सकेको थियो । ११ बर्षअघि जापानमा स्टेज सो गर्न गएको समयमा उनी विरामी परिन् । त्यहीँ चेकजाँच गराउँदा मृगौला फेल भएका देखियो । 

आजसम्म उनको उपचार चलिरहेको छ । उनी भन्छिन्, ‘मसँग भएको नगद र काठमाडौको एक घर र अन्य ठाँउमा भएका साना तिना जग्गा बेचेर उपचार गरिरहेको छु । भएका सम्पत्ति सबै सके यो ११ बर्षमा ।’

आफूसँग भएको घर र अन्य सम्पत्ति सकेपछि उनी सरिन् कालोपुलमा भाडाको कोठामा । जसो तसो उपचार र भाडा तिरेकि नै थिइन् । तर उपचार लामो चलेपछि उनको भाडा तिर्न सक्ने अवस्था भएन । घरबेटीले सामान सडकमा राखेर दियो । त्यसपछि शुरु भयो सडकको बास । 

यही बीचमा कलाकारहरुले उनलाई व्यक्तिगत रुपमा सहयोग पनि गरे । तर उनको दुःखका दिन पार लागेन । त्यो अझै जारी छ ।

उनी भन्छिन, ‘दिन ओरालो लागेपछि कसैले पनि हेर्दो रहेनछ । बुहारी छ, भदा पनि छन् वीरगञ्जमा । उनीहरु एक दुई पटक आए । एकपटक म मर्छ भनेर बोलाउनु प¥यो । मेरो हेरचाह गर्ने फुर्सद उनीहरुलाई छैन । मसंग जब सबै कुरा थियो, त्यतिबेला सबै आउँथे । अहिले जब सडकको बास भएको छ, हेर्ने कोही छैन । दुनियाँ स्वार्थी न हो ।’

दुःखका बीच पनि उनी घरी–घरी हाँस्छन् । भन्छिन्, ‘एक्लै बस्दा बस्दा वाक्क भयो । तपाईहरु जस्ता भेटे हाँस्न मनलाग्छ ।’ 

उनको अहिले ओत लाग्ने छानो बनेको छ कंलकीमा रहेको मगरसंघको भवन र सारै अस्वस्थ हुँदा जीवन दान दिने वीर अस्पताल र त्यहाँका डाक्टर । 

अस्पतालको शैय्यामा रहे पनि नृत्यप्रतिको मोह भंग भएको छैन । भन्छिन् ‘यो ११ बर्ष मेरो ग्याप भयो । म अझै ठिक भएर नाच्ने छु ।’

उनलाई भेटन् आउने मान्छे बिरलै हुन्छन् । उनीसंग कुराको बिटमारी सक्दासम्म एक जना दिदीले उनको लागि एक यूनिट रगत ल्याएर उनको अगाडि राखिदिइन् । 

रगत पुगाउनु पर्ने माथि रहेछ । जुनाजीले त्यो रगत पुगाइ दिइन् । 

छुट्दा जुना जीले हातमा पाँच हजार राखिदिइन् र हरेक महिना पाँच हजार दिने बचन पनि वचन दिइन् । दुवै एकअर्कालाई अंकमाल गरे । त्यो दृश्य सारै आत्मीय थियो । 

जुनाजीको मोवाइलमा मैले लक्ष्मीको पहिलाको तस्बीर हेरेको थिएँ । अस्पतालबाट उनीसँग बिदाभएर हिडेपछि उनको अहिलेको अवस्था र त्यो पहिलाको तस्बीर मेरो आँखामा नाचिरह्यो । 
 रातोपाटी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads