Loading...
कागजी लाइसेन्स वितरण बन्द, अब देशभर स्मार्ट कार्ड


यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै अाएकाे कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ। अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ।
सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्यालयहरुबाट नयाँको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा नविकरणको कार्य बन्द गरिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
आजदेखि पोखरा र वागलुङबाट स्मार्ट कार्ड वितरण सुरु गरेको विभागले असारभित्र अन्य सबै स्थानबाट वितरण गर्ने र त्यसपछि सबैतिर स्मार्ट कार्डमात्र वितरण गरिने जानकारी दिएको छ।
अनुमतिपत्रमा एकरुपता ल्याउन, चोरी तथा नक्कली पत्रलाई निरुत्साहित गर्न सहयोग पुग्ने भएकोले विभागले अवदेखि कागजी पत्र कसैैलाई पनि वितरण नगर्ने जानकारी दिएको छ।
अब विभागबाट वितरण तथा नविकरण हुने सबै कार्डमात्र हुने विभागले प्रष्ट पारेको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads