Loading...
गोठ छोएको निहुँमा दलित भन्दै दुई हजार रकम जरिवाना



जिल्लाको छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी गोठ छोएको निहुँमा एक दलितलाई दुई हजार रकम जरिवाना तिराइएको छ। शुक्रबार दिउँसो नेकपा (एमाले)को प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी गोठ अर्थात छाना छोएकामा प्रेम बहादुर विकले गाली खानुपर्यो।
अब देउता मान्नुपर्ने भन्दै विकलाई रु दुई हजार जरिवानासमेत तिराइएको स्थानीय वीरबहादुर रावलले बताए।
विक नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलसँग प्रचारमा हिँडेका थिए। छानाको बाटो भएर करिव २० मिटर टाढा हिड्दा ‘मेरो छाना किन छोइस् ? अब देउता रिसाउछन् पुज्नु प¥यो’ भनेर गाली गरेका पीडित विकले बताए।
वडा अध्यक्षका उम्मेदवार रावलले भने, 'विकसँग पैसा थिएन, त्यही भएर मैले आफैं पैसा तिरिदिएको हुँ। पैसा नतिरे उनलाई नछोड्ने भए।'
विकले आफूमाथि भएको जातीय विभेदको घटनाबारे जिल्ला दलित विकास मञ्चमा जानकारी दिएको शङ्कर चदाराले बताए। ‘मञ्चले प्रेस विज्ञप्तिमार्फत खेद व्यक्त गर्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको छ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको बताए।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads