Loading...
नाकाबन्दीका बेला सशक्त प्रतिकार गर्ने रुपन्देहीको यस्तो छ चुनावी गणित




      बुटवल–स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै जाँदा यस क्षेत्रमा चुनावी रौनक पनि बढ्दै गएको छ । उम्मेदवारहरू आ–आफ्ना घोषणापत्र र कार्यक्रमसहित मतदाताका घरघर पुगिरहेका छन् । निर्वाचन गराउने जिम्मा पाएको जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको काम अन्तिमचरणमा पुर्याइरहेको छ ।
 
      नेपालको मध्य खण्डमा पर्ने रूपन्देही जिल्ला भौगोलिक हिसाबले जति चर्चित छ त्यति नै राजनीतिक ढङगले पनि चर्चाको शिखरमा रहने गरेको छ । नाकाबन्दीका बेला सबैभन्दा बढी सशक्त प्रतिकार गर्ने जिल्ला पनि रूपन्देही नै थियो । भगवान् गौतमबुद्धको जन्मस्थलदेखि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मोतीपुर औद्योगिक क्षेत्र लगायतका स्थानले रूपन्देहीलाई देशभरी चिनाउने गर्दछ ।
 
      रूपन्देहीमा १ उपमहानगर र पाँच नगरपालिकासहित १६ वटा स्थानीय तह छन् । कुल ८५५ पदका लागि हुने स्थानीय तह निर्वाचनको तयारी निर्वाचन आयोग मातहतका कार्यालयले धमाधम गरिरहेको छ ।
 
      एकतीस दल दर्ता भएको यस जिल्लाका केही क्षेत्र सुरक्षाका दृष्टिकोणले संवेदनशील समेत मानिएका छन् । रूपन्देहीमा दुई लाख २२ हजार १११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँच तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेका छन् ।
 
      रूपन्देही जिल्लामा ६ प्रमुख, ६ उपप्रमुख, १० अध्यक्ष, १० उपाध्यक्ष, १५५ वडा अध्यक्ष, १५५ महिला सदस्य, १५५ दलित महिला सदस्य, २१० वडा सदस्य र ३८ दलित वा अल्प सङ्ख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् ।
 
      निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर राज्यका तीनवटै निकाय परिचालित भइसकेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।  
      रूपन्देहीको सबैभन्दा बढी मतदाता रहेको बुटवल उपमहानगरपालिका हो भने सबैभन्दा कम मतदाता रहेको ओमसतिया गाउँपालिका हो । जिल्लामा सबैभन्दा बढी मतदाता रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ६६३ मतदाता रहेका छन् ।
 
       यहाँ ३४ हजार ९११ महिला, ३१ हजार ७५० पुरुष र दुईजना तेस्रो लिङ्गी मतदाता रहेका छन् । यस्तै जिल्लामा सबैभन्दा कम ओमसतिया गाउँपालिकामा १७ हजार १०७ मतदाता रहेकामा नौ हजार २४५ पुरुष र सात हजार ८६२ महिला छन् ।
 
      यस्तै, जिल्लाको सबैभन्दा ठूलो नगर तिलोत्तमा नगरपालिकामा ६० हजार ४४० मतदाता रहेका छन् । यो नगरमा ३१ हजार ९६९ महिला, २८ हजार ४७० पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
 
      जिल्लाको दोस्रो पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ७२६ मतदाता रहेका छन् । यस नगरमा १७ हजार ७०२ पुरुष र १६ हजार २४ महिला मतदाता रहेका छन् ।
 
      यता बुद्धको मावली देवदह नगरपालिकामा ३२ हजार ७०३ मतदाता रहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३४ हजार ३८३ मतादाता छन् । यसमा १९ हजार ६९८ पुरुष, १४ हजार ६८४ महिला र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
 
      यस्तै, ऐतिहासिक नगरको रूपमा रहेको सैनामैना नगरपालिकामा रहेका ३६ हजार ३८८ मतदाता छन् ।
 
      यस्तै, गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता भएको गैडहवा गाउँपालिकामा २२ हजार २२५ मतदाता छन् ।
 
      सियारी गाउँपालिकामा भने २० हजार ८९८ मतदाता रहेका छन् । कञ्चन गाउँपालिकामा २१ हजार ५३४ मतदाता छन् भने कोटहिमाई गाउँपालिका २० हजार ३०९ मतदाता छन् ।
 
      जिल्लाको दक्षिण क्षेत्र भारतसँग सीमा जोडिएको मर्चवारी गाउँपालिकामा १७ हजार ९८० मतदाता रहेका मतदाता रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा २० हजार ८८५ मतदाता रहेका छन् । जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा रहेको रोहिणी गाउँपालिकामा पनि १९ हजार ५२९ मतदाता रहेका छन् ।
 
      शुद्धोदन गाउँपालिकामा १९ हजार ५०७ मतदाता छन् ।यस्तै सम्मरीमाई गाउँपालिकामा १८ हजार १४६ मतदाता रहेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये नौवटा तहमा राष्ट्रिय जनता पार्टीको आन्दोलनका कारण केही संवेदनशील मानिएका छन् । निर्वाचन बहिष्कार र आन्दोलन गर्ने उक्त पार्टीको घोषणाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा मनोनयन दर्ताका क्रममा भने आफ्नो प्रभाव रहेका स्थानीय तहमा राजपाका उम्मेदवारले समेत स्वतन्त्र रूपले मनोनयन दर्ता गरेपछि सुरक्षा चुनौती केही कम भएको अनुमान गरिएको छ ।
 
      निर्वाचनका तयारी करिब करिब अन्तिमचरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख हुमनाथ गौतम बताउँछन् । असार १४ गते हुने निर्वाचन आउन अब ४ दिन मात्र बाँकी छ ।  । यो बीचमा  ठूला पार्टीले आफ्ना दलका केन्द्रीयस्तरकै उच्च तहको नेतृत्वलाई आफ्नो क्षेत्रमा ल्याएर कार्यक्रम गर्ने योजना समेत सार्वजनिक गरिसकेका छन् 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads