Loading...
महतोका सामु सबै निरिह


काठमाडौं - आजको जनआस्था साप्ताहिकमा यो खबर छ ।

'ये सब क्या हो रहा है ? मिटिङका मतलब क्या होता है ?'

कुना पसेर फोनमा कल्याङमल्याङ गदैृ थिए राजेन्द्र महतो । उनको यस्तो ताल देखेर रिसाए महन्थ ठाकुर । 
'हम मिटिङसे डिसिजन ले रहे है, आप डिसिजन बता रहे है' राजेन्द्र कार्यकर्तासँग फोनमा गफिइरहेका थिए । अर्थात उनी आन्दोलन तयारीका लागि निर्देशन दिँदै थिए ।
तमलोपा कार्यालयमा गत साताको बैठकको दृश्य हो यो । सरकारले तेस्रो चरणको निर्वाचन मिति घोषणा गरेपछि जेठ २८ गते त्यसबारे धारणा तय गर्ने एजेन्डा थियो ।
तर, राजेन्द्र बैठक अघि नै आन्दोलनकी तयारी किजिए, 'अब दुसरी बात कुछ नही होगा भनेर फोनमा बोल्दा बैठकमा सहभागी नेताहरु छक्क परे ।'
महन्थले 'पहिला बैठक सकियोस्, आन्दोलनकै निर्ण पनि बैठकबाट गर्ने, अनि कार्यकर्तालाई निर्देशन दिने' भनेको कुराको राजेन्द्रले तत्कालै प्रतिवाद गरे, 'आन्दोलन नगर्ने भए यो बैठक किन बस्नुपरेको त ? आन्दोलनमै जाने हो । मैले भनिसकेँ ।'

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads