Loading...
गायिका माया पुनको ‘पोखरेली सोल्टिनी’ को म्यूजिक भिडियो सार्वजनिक


 गायिका माया पुनको तेस्रो गीत ‘पोखरेली सोल्टिनी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । फलानो क्रियसनले निर्माण गरेको भिडियोको आज पोखरामा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक कर्णदासले अबको संगीत कस्तो हुनुपर्ने हो ? त्यसको निर्धारण अबको युवा पुस्ताले गर्ने बताए । उनले संगीतलाई सबल बनाउन आवश्यक रहेको औल्याउँदै संगीतलाई परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।  गायक विनोद वानियाले संगीतमा रियाजसँगैसँगै अध्ययनको पनि आवयश्क रहेको बताउँदै संगीतलाई अगाँल्न आउने युवा पिढीँले संगीतको बारेमा गहन अध्ययन गरेर आउन सुझाव दिए । गायिका माया पुनले तेस्रो गीत दर्शकमाझ ल्याउदाँ सम्म धेरैको साथ, सहयोग र हौसला मिलेको बताउँदै आगामी दिनमा यस्तै साथ सहयोग र हौसलाको अपेक्षा गरिन् । कार्यक्रममा गायक रामभक्त जोजिजुले पनि बोलेका थिए भने कार्यक्रमको सञ्चालन अपिल त्रिपाठीले गरेका थिए ।
माया पुनको स्वर रहेको गीतमा शब्द÷संगीत बसन्त सापकोटाको रहेको छ । अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेको गीतको संगीत संयोजन सुदिप सागरले गरेका हुन् । रोहन नेपालीले कोरियोग्राफी गरेको गीतको छायांकन सरोज अधिकारीले गरेका हुन् । गीतको मेकअप आशिष गुरुङ्ग रहेका छन् । म्यूजिक भिडियोमा शुभेच्छा तामाङ्ग, अनिल अधिकारी, अभि सुनार र आर्यन गुरुङ्गले अभिनय गरेका छन् । यसअघि पुनको ‘म सँग नेपाली मन छ’ र ‘आज तिमिलाई’ बजारमा आइसकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads