Loading...
१.९ किलोमिटर लामो पिज्जाले राख्यो विश्व किर्तिमान


काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा १ सय सेफ मिलेर बनाएको १.९ किलोमिटर लामो पिज्जाले विश्वकै सबैभन्दा लामो पिज्जाको विश्व किर्तिमान राखेको छ ।
गत हप्ता क्यालिफोर्नियामा बनाइएको उक्त पिज्जा १ हजार ९ सय ३० मिटर लामो छ भने यसअघि पिज्जाको जन्म भएको देश इटालीमा बनाइएको १ हजार ८ सय ५३ दशमलव ८८ मिटर लामो पिज्जाको रेकर्ड पनि तोडेको छ ।
अमेरिकी रेष्टुरेन्ट इक्विपमेन्ट कम्पनी पिज्जाओभन डटकमको पहलमा आयोजना गरिएको उक्त पिज्जा बनाउने कार्यक्रममा सयौंको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।
विश्वकै लामो पिज्जा बनाउनको लागि ३ हजार ६ सय ३२ किलो मुछेको पिठो, १ हजार ६ सय ३४ किलो चीज र २ हजार ५ सय ४२ किलो सस प्रयोग गरिएको थियो ।
पिज्जा पकाउनको लागि तीनवटा औद्योगिक ओभन लगातार ८ घण्टासम्म प्रयोग गरिएको थियो । पिज्जा नडढोस् भन्नको लागि मुछिएको पिठो हरेक १७ मिनेटमा तानेर पिज्जा तयार गरिएको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।
यसरी तयार गरिएको पिज्जा क्यालिफोर्नियाकै घरविहीन नागरिकलाई बाँडिनुका साथै त्यहाँको स्थानीय खाद्य बैंंकलाई दिइएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads