Loading...
निर्वाचनको तयारी पूरा


जिल्ला प्रशासन कार्यालय उदयपुरले आसन्न दोस्रो चरण अन्तर्गतको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफ्नै कार्यकक्षमा आइतबार सञ्चारकर्मीलाई सो जानकारी गराएका हुन् ।
जिल्लामा कायम ९८ मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको र सबै कार्यक्षेत्रमा पुगिसकेको प्रजिअ पराजुलीले जानकारी दिए । जिल्लाका ९८ मतदानस्थलमध्ये ७ वटा अति संवेदनशील, ४८ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको जानकारी दिँदै प्रजिअ पराजुलीले भने, ‘सुरक्षा संवेदनशीलताकै आधारमा सुरक्षा व्यवस्था मिलाइएको र सुरक्षामकर्मी परिचालन गरिएको छ ।’
उदयपुरमा उम्मेदवारी मनोनयनका क्रममा एक दलित महिला सदस्य निर्विरोध भइसकेकाले ३ सय ९० पदका लागि १ हजार ५ सय ८२ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले जानकारी दिए ।
जिल्लामा रहेको ९८ मतदान स्थलका २ सय २२ मतदान केन्द्रमै कर्मचारी पुगिसकेको र आइतबारदेखि नै मतदाता परिचय पत्र वितरण प्रारम्भ भइसकेको प्रजिअ पराजुलीले बताए । निर्वाचनका लागि १ हजार ३ सय ३० कर्मचारी परिचालन भएको छन् भने २ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षाको सबै अंग परिचालन गरिएको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको उनले बताए ।
वर्षाको मौसम भएकाले बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने तालिका भए पनि लामो वर्षा नभएमा २ घण्टासम्मको अबिरल वर्षा भए पनि सो समयमा रोकी पुनः मतदान गराउने योजना निर्वाचन कार्यालयको रहेको छ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गराएकालाई रातिसम्म पनि मतदान गर्न दिइने बताइएको छ । आसन्न निर्वाचनमा उदयपुरमा १ लाख ७५ हजार ४ सय ६९ मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads