Loading...
बैदेशिक रोजगार: गएका दुई म्याग्देलीले ज्यान गुमाए

रोजगार अनुमति प्रणाली (इपिएस)बाट दक्षिण कोरियामा पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका २७ बर्षिय शिव कुमरा कार्कीको मृत्यु भएको तीनदिन नवित्दै मलेसियामा रघुगंगा गाउँपालिका–६९साविकको पाखापानी गाविस–७ कोटगाउँ०का ओम बहादुर पुन ले गाडीको ठक्करले ज्यान गुमाए । ९ महिना अगाडी कोरिया पुगेका कार्कीको मृत्युले भगवती अझैपनि शोकमा डुवेको छ ।
गत शुक्रबार कम्पनीमा सुतिरहेको अवस्थामै मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया पुरा भएपनि परिवार, साथी, छिमेकी र आफन्तको आँखा अझै रसाईरहेका छन् ।
मोना कोरियाको खेलकुद विभागमा समेत कार्यरत कार्कीको मृत्युले मोना कोरियाले खेलकुद सहित आफ्ना औपचारिक कार्यक्रमहरू समेत रुद्ध गरेर कार्कीको परिवारलाई आर्थिक सङ्कलन अभियानमा जुटेको छ ।
उता सन् २००२ मा मलेसियामा पुगेपनि एकपटक घर नफर्किएका पुनको अन्त्येष्टी मलेसियामै गरिएको छ । कम्पनीमा काम सकेर घर फर्कदै गरेका पुनको नगरपालिकाको गाडीले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको थियो । परिवारबाट धेरैबर्ष सम्पर्कविहिन भएका पुनको अन्त्येष्टीका लागि परिवारबाटै आवश्यक सहमति दिएलगत्तै मलेसियामै सम्पन्न गरिएको हो । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेका म्याग्देलीको हरेक बर्ष मृत्युको खवर आउने गरेको छ । सार्क राष्ट्र, खाडीमुलुकमा धेरै म्याग्देलीले ज्यान गुमाएका छन् ।
गतबर्ष भारतीय सेनाका कार्यरत मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँका फुलप्रसाद अर्मजाको कास्मिरमा हिमपातमा परेर मृत्यु भएको थियो । त्यस्तै अन्नपुर्ण गाउँपालिका–३ दाना काभ्रेका सम बहादुर पुनको समेत मलेसियामा सुतिरहेको अवस्थामा ज्यान गएको थियो । त्यस्तै बेनी नगरपालिका–४ सोटाका दिल बहादुर घर्तीले समेत कतारमा ज्यान गुमाएका थिए । बैदेशिक रोजगारको क्रममा ज्यान गुमाउनेमा अधिकांस सुतिरहेको अवस्थामा भेटिएका छन् । ज्यान गुमाएका म्याग्देलीलाई उद्धारमा म्याग्दी प्रवासी नेपाली संघले सक्रियता देखाइरहेको छ ।
मोना कतारका पूर्व अध्यक्ष विक्रम कार्कीका अनुसार घटनाका बारेमा जानकारी पाउने वित्तिकै अस्तपालमै पुगेर विवरण सङ्कलन गर्ने तथा आर्थिक अभाव भएकालाई राहत जुटाउने र कानुनी प्रक्रिया पुरा गरेर शव नेपाल फकार्उने गरिएको छ । अवैध रुपका कार्यरतलाई सम्बन्धित देशमै अन्त्येष्टी गरिएको छ । जिल्लाबाट करिव ४० हजारको हाराहारीमा बेदेशिक रोजगारमा गएको अनुमानित तथ्याङ्क रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads