Loading...
कतार संकटको जड : एक अर्ब डलर फिरौती !




काठमाडौं, ११ असार — मध्यपूर्वमा समस्याको रूपमा रहेको वर्तमान कतार संकटका पछाडि कतारले इराकमा अपहरणमा परेका कतारी राजपरिवारका सदस्यलाई अपहरणमुक्त गर्नका लागि तिरेको एक अर्ब डलरलाई प्रमुख कारण मानिएको छ 
त्यही रकम नै कतार र साउदी अरब तथा अन्य अरबी मुलुकबीचको तनावपूर्ण सम्बन्धको चरमविन्दु रहेको देखिएको द हिल पत्रिकाको रिपोर्टले देखाएको छ ।
अरबी मुलुकहरूले कतारसमक्ष १३ वटा माग राखेका भएपनि कतारले ती मागहरू अवास्तविक रहेको बताएको छ । तर फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार अपहरणमा परेकाहरूलाई छुटाउनका लागि तिरिएको विशाल रकम नै वर्तमान संकटको प्रमुख कारक हो ।
यो पैसा सिरियामा लडाईं गरिरहेका अल–कायदा आबद्ध समूहका साथसाथै इरानका सुरक्षा अधिकारीहरूकहाँ पुगेको बताइएको छ । कतारले इरानलाई समर्थन गरेको कुरा अन्य अरबी मुलुकलाई पचेको छैन ।
द न्यु योर्क टाइम्सले पनि अप्रिलमा अपहरणको सम्बन्धमा रिपोर्ट प्रकाशित गरेको थियो ।
बेलायतको दी इन्डिपेन्डेन्टले इराकी सरकारले कतारी कूटनीतिज्ञहरूबाट २३ वटा झोलामा ५० करोड डलर हत्याएको एक मेमो फेला पारेको थियो । त्यही पैसा लिएर इराकले कतारी राजपरिवारलाई छोडेको थियो ।
यसरी कतारले अपहरणको नाटक गराएर इराकका विद्रोही समूहलाई पैसा पोसेको आरोप अरबी मुलुकहरूले लगाएका थिए । कतारले भने यी सबै आरोपलाई खारेज गरेको छ ।
कतारले आतंकवादलाई समर्थन कहिल्यै नगरेको तर हमास र मुस्लिम ब्रदरहूड लगायतका समूहसँगको सम्बन्धका बारेमा आफू प्रस्ट रहेको बताउँदै आएको छ ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads