Loading...
भारतीय ब्याडमिन्टन खेलाडी अस्ट्रेलियन ओपन ब्याडमिन्टनको दोस्रो राउण्डमा




सिड्नी –रियो ओलम्पिक मेडलिस्ट सिधुं र भारतकी स्टार महिला ब्याडमिन्टन
खेलाडी सायना नेहवाल अस्ट्रेलियन ओपन सुपरसीरीजको दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै हालै मात्र इण्डोनेशीयन ओपन ब्याडमिन्टनका विजेता श्रीकातंले पनि पुरुष एकल वर्गको दोस्रो चरणमा पुगेर विजय सुरुवात गरेका छन् । विश्व नम्बर २२ श्रीकातंले पहिलो चरणमा चीनका कान चाओ युलाई २७ मिनेटमा २१–१३ र २१–१६ को सेटमा हराउन सफल भए । इण्डोनेशीयन ओपन ब्याडमिन्टनको सेमीफाईनलमा दक्षिण कोरीयाका ब्याडमिन्टन खेलाडी सोन वानलाई हराएका  श्रीकातंले अबको अर्को चरणमा पनि सोनवानसँगै प्रतिष्पर्धा गर्ने छन् । त्यस्तै सायनाले भने दक्षिण कोरीयाकी ब्याडमिन्टन खेलाडी सुगं जी ह्युनलाई महिलाको एकल वर्गमा ३८ मिनेट भित्र २१–१० र २१–१६ को सेटमा हराउन सफल भईन्

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads