Loading...
शीर्ष नेतालाई भाषण गर्न भ्याई नभ्याई


काठमाडौँ – असार १४ मा हुने दोस्रो चरणको निर्वाचन प्रसार प्रसार गर्ने समय सकिन २ दिन मात्रै बाँकी रहँदा निर्वाचन हुने ३५ जिल्लाका स्थानीय तहको चुनावी माहौल उत्कर्षमा पुगेको छ । 
हरेक जिल्लाका हरेक स्थानीय तहहरुमा चुनावी सभा भइरहेका छन् । ति सभाहरुलाई सम्बोधन गर्न सानादेखि ठुला दलका शीर्ष तहसम्मका नेताहरुको दौडधुप बाक्लिएको छ । यतिसम्मकी प्रमुख दलका शीर्ष नेताहरु आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई जिताउनका लागि मत माग्दै दैनिक दर्जन बढी चुनावी कार्यक्रममा सहभागी भैरहेका छन् । 
यसैक्रममा प्रधानमन्त्री तथा कग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा  शुक्रबार ७ नम्बर प्रदेशको कैलाली जिल्लाबाट आफ्नो चनावी अभियान सुरु गरेका छन् । देउवा शुक्रबार कैलालीका दुईवटा चुनावी सभालाई सम्बोधन गर्न भ्याएर कञ्चनपुर पुगेका छन् । शक्रबार विहान कैलालीको धनगढी क्याम्पस चोक र फुलबारी डिपोबजारमा भएका चनावी सभालाई सम्बोधन गरेका देउवाले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे । कैलालीको सभा र कार्यकर्ता भेटघाट सकेर देउवाले शुक्रबार नै कन्चनपुरको महेन्द्रनगरमा भएको चुनावीसभालाई पनि सम्बोधन गरे । 
त्यस्तै माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुक्रबार कैलाली र कञ्चनपुरमा भएका सात भन्दा बढि चुनावी सभालाई सम्बोधन गर्न भ्याएका छन् । शुक्रबारै कैलालीको क्याम्पस रोड र कञ्चनपुरको पुर्नवासमा भएको चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको असली कामदार माओवादी केन्द्र र तिनका नेता भएको भन्दै उनिहरुलाई जिताउन आग्रह गरे । त्यस अवसरमा उनले माओवादी पार्टी साधु पार्टी भएको भन्दै साधुलाई सम्मान गर्न पनि अपिल गरे । सात नम्बर प्रदेशका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवा र दाहालले उस्तै उस्तै भाषण गरेका थिए । संविधान कार्यन्वयनदेखि स्थनीय समस्याका बारेमा बोलेका दाहाल र देउवाले दुवैले आ–आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका थिए । आफ्ना पार्टीका उम्मेदवारले जिते जनताका समस्या र आवाश्यक्ता पुरा गर्न सहज हुने उनीहरुको दावी थियो । 
उपत्यका बाहिर एक साता लामो कार्यक्रमको सेड्युल बोकेर काठमाडौ छाडेका प्रधानमन्त्री देउवा ११ गते आइतबार डोटीको बुडर र गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री देउवा ११ देखि १४ गतेसम्म डडेल्धुरा सदरमुकाम अमरगढीमा बस्ने कार्यक्रम छ । १४ गते बुधबार  जन्मस्थान रुवाखोला गाउँको मतदना केन्द्र हाल (गन्यापधुरा गाउँपालिका वडा नम्बर १) असिग्राम माविको मतदना केन्द्रमा भोट हाल्ने कार्यक्रम रहेको उनका सहयोगि भानु देउवाले जनाएका छन् । १४ गते मतदान गरेर मात्रै प्रधानमन्त्री देउवा काठमाडौंँ फर्किने कार्यक्रम छ । देउवाबाहेक काँग्रेसले पार्टीका ३५ केन्द्रीय सदस्यलाई चुनाव हुन लागेका जिल्लामा खटाएको छ ।
देउवा र प्रचण्ड मात्रै होइन शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रदेश नम्बर ५ का विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सक्रिय रहे । पौडेलले शुक्रबार रुपन्देही र कपिलबस्तुका झण्डै ५ वटा चुनावी सभालाई सम्बोधन गर्न भ्याए । 
उता, एमाले अध्यक्ष केपी ओली गृह जिल्लामा ३ दिन चुनावी सभा गरेर बिहीबारमात्रै काठमाडौ फर्केका छन् । उनी शनिबार रुपन्देही लगायतका जिल्लामा जाने तयारीमा रहेको ओली निकटका नेताहरुले बताएका छन् ।
ओलीले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमालेका अन्य नेता पनि चुनावी अभियानमै जुटेका छन् । 
एमालेका अर्का नेता माधव नेपाल झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल शुक्रबारै उदयपुर, इलाम र विराटनगर लगायतका स्थानमा भएका चुनावी सभामा सहभागि बने । यी सभामा एमाले नेताहरुले पहिलो चरणमा जस्तै दोस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेले नै बढि स्थानीय तह जित्ने दावी गरे । 
यस्तै कांग्रेस नेता कृष्ण सिटौला केहि दिनयता गृहजिल्ला झापाको चुनावी सभामा व्यस्त बनेका छन् । उता, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार शुक्रबार दिनभर मोरङ सुनसरी लगायतका जिल्लामा व्यस्त रहे । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र र विवेकशील पार्टीकी रञ्जु दर्शनालाई समेत चुनावी प्रचारका कामले भ्याईनभ्याई भएको छ ।
यसरी सवैजसो राजनीतिक दलका शीर्षदेखि केन्द्रीय तहका नेताहरु अहिले चुनाव प्रचारका लागि जिल्ला–जिल्लामा पुगेका छन् । चुनावका बेला शीर्ष नेताको माग धेरैतिर हुने भएकाले नेताहरुलाई भ्याई नभ्याई भएको एमालेका युवा नेता योगेश भटराइले बताए । 
राजनीतिक दलहरुबीच विभिन्न ठाँउमा चुनावी तालमेल समेत भएका खवरहरु प्राप्त भएका छन् । यस्ता ठाँउमा संयुक्त रुपमा चुनावी प्रचार भएका छन् ।
चुनाव प्रचारमा जिल्ला गएका काँग्रेस र एमालेका नेताहरुले आउने दोस्रो चरणको चुनावमा आफ्नो पार्टी ठूलो हुने दावी गरिरहेका छन् । पहिलो चरणको स्थानीय चुनावमा एमालेले सवै भन्दा बढी सिटमा जित निकालेको थियो ।
दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशमा स्थानीय तहको चुनाव हुँदैछ । यसपटक ३ सय ३४ स्थानीय तहका लागि झन्डै ६२ हजार उम्मेदवार मैदानमा छन् । १५ हजार ३८ पदका लागि चुनाव हुँदैछ । देशभरका ७ सय ४४ स्तानीय तहमध्धे पहिलो चरणमा प्रदेश नम्वर ३, ४ र ६ का २ सय ८३ तहमा चुनाव पहिलो चरणमा भैसकेको छ । प्रदेश नम्वर २ को भने तेस्रो चरणमा असोज २ गतका लागि चुनावको मिति तोकिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads