Loading...
दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो दल बन्ने : बामदेव गौतम

नेपालगञ्ज, १० साउन । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो दल बन्ने दावी गरेका छन् ।
एमालेद्वारा प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुका लागि आयोजित दुईदिने अभिमुखिकरणको मंगलबार नेपालगञ्जमा उद्घाटन गर्दै नेता गौतमले प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
गौतमले भने– ‘नेपाली काग्रेस र सत्ताधारी पार्टीहरुले नेपालको संविधानलाई मान्छु भन्ने कहिले मान्दिन भन्ने आफूलाई मधेशवादी भन्ने पछि पूर्ण गठन भएका राजपाका नेताहरुले तराई मधेशबाट नेकपा एमालेलाई समाप्त गर्न घोषणा गरेका थिए त्यसको जवाफमा जनताले पहिलो र दास्रो चरणको निवाचनमा एमालेलाई पहिलो पार्टी बनाए ।’
एमालेलाई हिमाली क्षेत्र र पहाडी क्षेत्रको मात्र पार्टी हो भन्नेलाई दास्रो चरणको निर्वाचनमा जनताहरुले देखाइदिएको गौतमको भनाई छ । एमाले कुनै एक क्षेत्रको पार्टी नभई सम्पूर्ण नेपाली पार्टी भएको उनले स्पष्ट पारे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads