Loading...
नेपाल राष्ट्र बैंकले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन


काठमाडौं – नेपाल राष्ट्र बैंकले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कृषि, पर्यटन र उद्योगमा लगानी गरे मुलुकमा आर्थिक क्रियाकलाप बढ्न गई गरिवी हटने पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा  आयो्जित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीको दायरा फराकिलो हुँदै गएकाले कहाँ लगानी गर्ने भन्ने समस्या बैंक तथा वित्तिय संस्थाहरुलाई नरहेको पनि स्मरण गराए ।
गभर्नर नेपालले लगानीकै माध्यामबाट रोजगारी बढाउने र गरिवी हटाउने सरकारको परिकल्पना साकार पार्नु बैंक तथा वित्तिय संस्थाहरुको मुख्य दायित्व रहेकोतर्फ पनि सचेत गराए ।
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक स्थापना गर्ने नीति समेत लिएको छ । सरकारले ७ सय ४४ वटै स्थानीय तहको आर्थिक कारोबार बैंकमार्फत् गर्ने कार्ययोजना अघि सारेपछि बैंकले सोही अनुसारको नीति लिएको हो । अव छिट्टै सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु स्थापना हुने पनि गभर्नर नेपालले जानकारी दिए  । राष्ट्र बैंकले हाल मुलुकमा २ सय ४० वटा मात्रै राष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरु रहेको पनि स्पष्ट पारेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads