Loading...
नेपाली श्रमिकको शव युएईमा अलपत्र : दुतावासमा शव पठाउने रकम छैन

Click to Load Image
युएई– युएईमा मृत्यु भएका पोखरा १६ लामाचौर कास्कीका २९ बर्षिय सुरेश थापाको शव आर्थिक अभावका कारण नेपाल पठाउन सकिएको छैन । करिब एक बर्ष पहिले युएई स्थित फस्ट सेक्युरिटी ग्रुप कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्न आएका उनी गत २० जुन २०१७ मा दुबईको अलकुजको बालुवामा मृत फेला परेका थिए । थापा रोयल गण्डकी म्यापावर कम्पनी मार्फत युएई आएका थिए । उक्त कम्पनीमा ८ महिना काम गरेपछि उनी कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए । कम्पनीबाट सम्पर्क विहिन भएको दुई महिनापछि थापा मृत भेटिएका हुन । पोष्टमार्टममा आएको रिपोर्टमा अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको जनाइएको छ ।
घटनापछि कास्की आदर्श सेवा समाज युएईका महासचिव केदार कुँवर र क्षेत्रिय महासचिव शिवराज बास्ताकोटीले दुतावासमा खवर गरी उनको लास नेपाल पठाउन पहल गरेका थिए । तर,पटक पटक दुतावासमा निवेदन र अनुरोध गर्दापनि मृतको लाश नेपाल पठाउने शिर्षकमा दुतावासमा कुनै रकम नभएको र भन्दै कमपनीमार्फत कामगर्न भनेको समाजका अध्यक्ष मनोज कुमार सैंजुले जानकारी दिए ।
नेपाली समाजका पुर्व अध्यक्ष ज्ञानेन्द्र कार्कीले सिआइडिले लाश छिटो नेपाल नपठाए यही दाहासंस्कार गर्नु भनेर दवाव दिएको बताए । उनका अनुसार यही दाहासंस्कार गर्न पनि आवश्यके खर्च जुटाउन सकिएको छैन । शव नेपाल पठाउन करिब दश हजार दिहराम्स (करिब तिनलाख नेपाली रुपैयाँ ) लाग्ने बताइएको छ ।
यसैबीच कास्की आदर्श सेवा समाज युएईले थापाको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ ।समाजले विज्ञप्ती जारी गर्दै  युएईमा क्रियाशिल सम्पुर्ण नेपाली संघसंस्था र व्यक्तिहरुलाई सहयोगको लागि अनुरोध गरेको छ ।
पत्रचार गर्नुस् भन्दै फर्कियो टोली 
केहि दिन पहिले युएईमा रहेका कामदारको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रबद्धन बोर्डका प्रतिनिधी युएई आएका थिए । उक्त टोलीमा बैदेशिक रोजगार प्रबद्धन बोर्डकी उप सचिव निर्मला थापा, बोर्डका अशोक गौतम, नीर कुमार केसी, सुचना अधिकारी तारा बहादुर कुँवर र मन्त्रालयकी पवित्रा घिमिरे सहभागी रहेका थिए । 
संयोगले उक्त टोलीको भ्रमणकै समयमा भएको मृतक सुरेश थापाको शव नेपाल पठाउन नसकिएको समस्या त्यहाका नेपालीहरुले अवगत गराएका थिए । तर टोलीले दुतावासले पत्रचार गर्नुपर्ने र दुतावासको पत्र पाइसकेपछि बोर्डको बैठक बसेर निर्णय भएपछि मात्र रकम उपलव्ध गराउन सकिने प्रक्रिया दिएको थियो । 
दुतावासमा पर्याप्त रकम छैन
नेपाली राजदुतावास युएईले उक्त शीर्षकको लागि रकम नभएको जानकारी गराएको छ । मृतक थापाको केशलाई फ्लो गरिरहेकी दुतावासकी श्रम सहचारी हिरा यादवले अहिलेसम्म मृतकको शव पठाउने विषयमा रकम माग नगरिएको बताइन् । 
यदि परिवारले रकम तिर्न नसक्ने वा कम्पनीले जिम्मेवारी नलिएको अवस्थामा दुतावासले परराष्ट्रलाई रकम माग गर्नुपर्ने र परराष्ट्रले बोर्डलाई जानकारी दिएर रकम आउनेसक्ने बताइन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads