Loading...
असार मसान्तभित्र बजेटसँग कर्मचारीतन्त्रले गर्न हुने–नहुने सबै काम गर्न तल्लीन

Click to Load Image
काठमाडौँ – स्थायी सरकार मानिने हाम्रो कर्मचारीतन्त्र यति धेरै मस्त छ कि उसलाई देशका र जनताका आधारभूत समस्यासँग कुनै लेनदेन छैन । काठमाडौंका सडक खाल्डाखुल्डीले हिँड्न नसक्ने अबस्थामा छन् । तर, असार मसान्तभित्र बजेटसँग कर्मचारीतन्त्रले गर्न हुने–नहुने सबै काम गर्न तल्लीन छ । र, अहिले उनीहरुले ‘तीर्थयात्रा’ मा समय बिताइरहेका छन् ।
विगत दुई–तीन दिन यता कर्मचारीको विदेश सयरका विषयमा जसरी समाचार प्रकाशित भएका छन्, यसले हाम्रा कर्मचारीको मनोविज्ञान, सोच र प्रवृतिलाई उजागर गरिदिएको छ । मिडिया रिपोर्टलाई हेर्ने भने दुई महिनामा झन्डै १५ सय कर्मचारी विदेश भ्रमणमा गए । सचिवदेखि खरदारसम्मका कर्मचारीको यो भ्रमण देशका लागि निकै कम आबश्यक र उनीहरुको जीवनका लागि निकै फलदायी छ ।
भ्रमणको सबैभन्दा बढी दुरुपयोग गर्नेमा अर्थ मन्त्रालयका कर्मचारी छन् । मिडिया रिपोर्टका अनुसार अर्थमन्त्रालयका एक सय १४ जना कर्मचारी विदेश सयरमा निस्के ।
कर्णालीका विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् । गरबीको चपेटामा परेका जनताको दैनिक गुजाराको समस्या छ । तर, पनि पछिल्लो दुई महिनामा कर्मचारीले विदेश भ्रमणमा एक अर्ब रुपैयाँ सकेका छन् । असार मसान्तसम्म जसरी पनि बजेट सिध्याउने उनीहरुको सोचले यहाँ काम गरेको छ ।
असार मसान्तको बजेटमाथि आँखा गाडेका कर्मचारी मध्ये कोही अमेरिका पुगे । कोही क्यानाडा त कोही बेलायतको सयरमा निस्के । कार्यक्रमको औचित्य नभएपनि उनीहरुले राज्यकोषको दुरुपयोग गर्दै घुमघामलाई खुवै सदुपयोग गरे । अष्टे«लिया, दक्षिणकोरिया, पाकिस्तान, डेनमार्क, जर्मनी, इटली, पोल्याण्ड, सुडान, युएइ, चिलीदेखि बर्मासम्म कर्मचारी घुमघाममा निस्के । कर्मचारीले यतिसम्म गरि कि, वेरोजगार यूवाहरुको तालिमका लागि छुट्टाइएको रकममा पनि सयर गर्ने योजना बनाए ।
भ्रमणको सबैभन्दा बढी दुरुपयोग गर्नेमा अर्थ मन्त्रालयका कर्मचारी छन् । मिडिया रिपोर्टका अनुसार अर्थमन्त्रालयका एक सय १४ जना कर्मचारी विदेश सयरमा निस्के । कुटनीतिक मूल्य–मान्यता स्थापति गर्न पछाडि परराष्ट्र मन्त्रालयका ९२ कर्मचारी पनि विदेश भ्रमणमा गए । कृषि मन्त्रालयका ८६ जना कर्मचारीले पछिल्लो विदेश भ्रमणको स्वाद चाखे । किसानको खेतवारीमा जान कृषिका कर्मचारीलाई गा्रहो लाग्छ । तर, विदेशमा चाहीँ नगई हुँदैन ।
जतिसुकै कर्मचारीले भ्रमण गरेपछि द्विपक्षीय सम्बन्ध बनाउन र कर्मचारीको वृतिविकासका लागि थोरै भ्रमणमात्र फलदायी हुन्छन् । धेरै भ्रमण विल्कुलै निजी प्रयोजनका लागि हुन्छन् । सरकारी पैसामा यस्ता भ्रमण कर्मचारीको घुमफिर र मस्तीका लागि प्रयोग हुन्छन् ।
कर्मचारीलाई भ्रमणको भूत कतिसम्म छ भने दुई महिनामा ३९ वटा समूहमा एक सय ८ कर्मचारीले दक्षिण कोरिया भ्रमण गरेका छन् । ४८ वटा समूहमा ९० कर्मचारीले अमेरिकाको सयर गरे ।

अष्ट्रेलियामा ६० कर्मचारी गए । चीनमा ६६ जनाले यात्रा गरे । भारतलाई त कर्मचारीले भ्रमण गर्ने देशको सूचिमै राखेका छैनन् । यो पनि जोड्ने हो भने ‘तीथयात्रा’ मा जाने कर्मचारीको सख्याँ अझै बढ्छ । भ्रमणमा को जाने को नजाने विषय हेरेर भन्दा पनि पहुुँचका भरमा हुन्छ, यो कर्मचारीबाटै हुने गुनासो हो ।
जतिसुकै कर्मचारीले भ्रमण गरेपछि द्विपक्षीय सम्बन्ध बनाउन र कर्मचारीको वृतिविकासका लागि थोरै भ्रमणमात्र फलदायी हुन्छन् । धेरै भ्रमण विल्कुलै निजी प्रयोजनका लागि हुन्छन् । सरकारी पैसामा यस्ता भ्रमण कर्मचारीको घुमफिर र मस्तीका लागि प्रयोग हुन्छन् ।
मन्त्रीपरिषद् विस्तार नहुँदा धेरे मन्त्रालय मन्त्रीविहिन छन् । तर, धेरै सचिव भ्रमणमा निस्किए । जस्तो कि, संसद सचिवालयका वीरेन्द्रबहादुर कार्की अमेरिका, संसद सचिवालयकै हिमलाल सुवेदी बेलायत, कृषि विकासका सुरोज पोखरेल स्विजरल्यान्ड, बाणिज्यका ङइन्द्रप्रसाद उपाध्याय अमेरिका र स्वीजरल्यान्ड, रक्षाका श्रीधर सापकोटा अमेरिका, शिक्षाका शान्तबहादुर श्रेष्ठ अस्ट्रेलिया, अर्थका शान्तराम सुवेदी दक्षिण कोरिया भ्रमण गरे । सामन्य प्रशासनका मोहनकृष्ण सापकोटा जर्मनी, उद्योगका शंकर कोइराला स्जिजरल्यान्ड, सिचाईंका रामाचन्दप्रसाद यादव इटली, वातवरण तथा जनसंख्याका विश्वनाथ ओली दक्षिण कोरिया गए । यसरी विदेश भ्रमण गर्ने सिनियर कर्मचारीको लामो सूचि छ ।
देशको ढुकुटीलाई ‘लुटन’ सिपालु हाम्रो कर्मचारी तन्त्र कहिले एनजिओसँग मिलेर देशमाथि घात गर्छ, कहिले व्यापारीसँग मिलेर राजश्वमाथि आँखा लगाउँछ । असार मसान्त उसका लागि ‘दशै’ हो । बजेट जसरी पनि सक्नुपर्ने, अधिकतम कमिशन कुम्लाउनुपर्ने, यहीँ हो कर्मचारीको असार मसान्तको सोच । दुई महिनामा भ्रमणमा मात्र एक अर्ब रकम सक्ने हाम्रो कर्मचारीतन्त्रले सम्भावना भएका के–के खेल खेल्छ होला अनुमान लगाउँदा कठिन पर्दैन । भ्रष्ट्राचार अभियोगमा थुनामा राखिएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मासँग अख्तियारले ३ अर्ब धरौटी माग्यो । कुरा सिधा छ–हाम्रो कर्मचारीले शक्तिको दुरुपयोग गर्न कति तल्लीन छ । यस्तै नियतका पात्र हुन्, जसले दुई महिनामा भ्रमणमा मात्र एक अर्ब स्वाह पारे ।
देशमा विकास बजेट खर्चको गति धिमा छ । यतातिर कर्मचारीतन्त्रलाई त्यति चिन्ता छैन । भूकम्पपीडित अझै टहरोमा छन् । बाढीपीडितको विजोग छ । तर, कर्मचारी सयरमै मस्त छन् । यहीँ हो हाम्रो लोकतन्त्रको सामाजिक न्याय । यहीँ हो हाम्रो लोकतन्त्रको जनउत्तरदायी कर्मचारी तन्त्र ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads