Loading...
म्याग्दीका गायक राजेन्द्र सापकोटाको मुग्लीनमा भात खादा तीज गीत (भिडियो सहित)





सबै दर्शक स्रोतालाई अवगतनै भएको कुरा हो महिलाहरुको
महानपर्व हरितालीका तीजको अवसरमा दैनिक करिव दुई दर्जन गीतहरु सार्वजनिक भइरहेका छन ।
कुनै बेला यस्तो पनि थियो तीजका गीत सासुबुहारी र माइतीमा केन्द्रीत थियो तर पछिल्लो केहि बर्ष यता तीजले आफ्नो क्षेत्र विस्तार गरेका छ । अब तीजका गीत माया प्रेम,देश विकास,मिलन विछोड समेतलाई आफ्नो क्षेत्रमा पारेको छ ।
यस्तै यो बर्ष धेरै गीत लेख्ने मध्येका एक सर्जक शिव अखेलीको शव्दमा लोकप्रिय गायक राजेन्द्र सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ ।
गीतले घर छोडेर विदेशीने नेपालीहरुको पिडा र बेदनालाई विषयबस्तु बनाएको छ ।
राजेन्द्र सापकोटा र पुर्णकला वि.सीको आवाज रहेको सो गीतमा लय सिर्जना गायक सापकोटाकै रहेको छ भने गीतको म्युजिक भिडियो शंकर वि.सीले निर्देशन गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads