Loading...
दार्जिलिङलाई नेपालको नुन तेल

Click to Load Image
बजार ठप्प छ । तैपनि विहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ । 
पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् ।  मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । आजको नागरिकमा यो खबर छ ।
भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । तर खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।
बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ. धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads