Loading...
पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ


पोखरामा अत्याधुनिक हतियारसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग.२ च. ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
पक्राउ परेकामाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads