Loading...
मुस्ताङमा प्रहरी कार्यालयमै निकालियो हावाबाट विजुली

काठमाडौं, २ साउन । मुस्ताङमा हावाबाट विजुली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयमा दुई वटा पंखा जोडेर निकालिएको विजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी हरिहर योगीले जानकारी दिए । उनका अनुसार प्रहरी कार्यालयमा समेत हावाको बिजुलीबाट बत्ती बाल्न थालिएको छ ।
आफू प्रधानमन्त्री हुँदा तत्कालिन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने योजना सुनाउँदा उनको कडा आलोचना भएको थियो । तर, विस्तारै विस्तारै उनका योजना कार्यान्वयनमा आइरहेको छ । जसको पछिल्लो उदाहरण मुस्ताङमा हावाबाट निकालिएको विजुली बनेको छ ।
स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट विजुली निकालिएको मुस्ताङमा दुईवटा पंखाको सहयोगमा तीन किलोवाट सम्म द्यिुत उत्पादन हुने अनुमान गरिएको छ ।
तस्वीरः हरिहर योगी ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads