Loading...
तिनाउँ खोलामा बेपत्ता भएका ३ जनाको शव भेटियो, एक अझै बेपत्ता





पाल्पा - चार दिन देखि बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको छ भने एक जना अझै बेपत्ता भएका छन् ।

सोमबार राती तिनाउँ खोलाले जीप सहित चार जना खोलाले बगाएर बेपत्ता भएका थिए । माथागढी गाउँपालिका– १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कवँर मगर र तानसेन नगरपालिका भुसालडाँडा बस्ने– २६ वर्षीय उषा श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेशराज पण्डितले जानकारी दिए ।

माया गाहाको शव पाल्पाको तिनाउँ गाउँपालिका ५ बुढालुङ्ग खोलामा भेटिएको हो भने कवँर र श्रेष्ठको शव रुपन्देहीको पथरीबाट झण्डै ६ किलोमिटर टाढा रहेको दक्षिणतर्फ मर्चबार क्षेत्र स्थित खोलामा फेला परेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरेपछि आफन्तलाई शव बुझाएको  उनले बताए । दुर्घटनामा परेका मायाका श्रीमान् माथागढी गाउँपालिका– १ का ४० वर्षीय तिलबहादुर गाहा अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी गरेको छ ।

सोमबार जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ को सीमानामा पर्ने अम्लिहान पुलबाट लु १ ज १७१२ नम्बरको जिप र सोही जीपमा सवार चार जनालाई बाढीले बगाएको थियो ।
बिहेभोज खाएर फर्किएका उनीहरुलाई करिब राती १२ वजेतिर तिनाउ खोलाले बगाएको  हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads