Loading...
सिंगापुर ७३ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट

 यू–१९ विश्वकप छनोट क्रिकेटमा सिंगापुरले नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुजवात राम्रो हुन सकेन । किशोरी महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।
नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए ।
तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।
दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।
नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads