Loading...
राप्रपा कति अग्रगामी, कति समावेशी

आजकाल कता गयो पशुपति शम्शेर राणाको हाँसो ?

राप्रपा कति अग्रगामी, कति समावेशी
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘स्मार्ट पार्टी’ बन्नबाट चुकेको छ । हालै मनोनीत गरिएका केन्द्रीय सदस्यको सूचीले राप्रपा समय अनुकूल चल्नबाट चुकेको प्रष्ट दर्शाएको छ । पार्टी नेतृत्व लैङ्गिक, धार्मिक, क्षेत्रगत र जातिगत सबै दृष्टिले अनुदार देखिएको छ ।
मनोनीतमा ८ प्रतिशत महिलाअध्यक्ष कमल थापाले दुई पटक गरेर ५९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । जसमध्ये पाँचजना अर्थात आठ प्रतिशत महिला छन् । मनोनीत महिलाहरूमा गीता बस्नेत, विन्दा गिरी, जनक कुँवर, पवित्रा सुब्बा श्रेष्ठ र सरस्वती केसी छन् ।
राप्रपाले महाधिवेशनमा महिलालाई पूर्ण समावेश गर्ने भन्दै ३३ प्रतिशत निर्वाचित सीट महिलाको लागि आरक्षित मात्र गरेको थिएन खुलातर्फका सम्पूर्ण पद महिलाका लागि खुला राखेको थियो ।
तर, अध्यक्ष थापाले विधानको मर्म विपरीत आठ प्रतिशत मात्र महिला मनोनीत गर्दा पार्टीमा चौतर्फी असन्तोष छाएको छ । सांसद आनन्दी पन्तले सामाजिक संजालमा ५१ प्रतिशत महिला कता ? भनेर टिप्पणी गरेका छन् । यसैपनि संविधानले महिलाको लागि ३३ प्रतिशत सिट सुरक्षित राखेको सन्दर्भमा राप्रपा समयको गतिसँग हिड्न नसकेको राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सार्वजनिक रुपमा जनाइ सकेका छन् ।
५ प्रतिशत मधेसी, ९५ प्रतिशत पहाडे प्रतिनिधित्व
क्षेत्रगत प्रतिनिधित्वको आधारमा पनि मनोनीत सूची समावेशी र सन्तुलित छैन । मधेसको प्रतिनिधित्व साह्रै न्यून छ । पहिलो १७ मनोनीत सदस्यमा दुई र पछिल्लो ४२ मनोनीतमा एक गरेर ५९ मनोनीतको सूचीमा केवल तीन जना मधेसीले (रामचन्द्र राय, ओमप्रकाश आजाद र गंगाप्रसाद यादव) अर्थात पाँच प्रतिशतले केन्द्रीय सदस्यमा समावेश हुने सौभाग्य पाएका छन् ।
अध्यक्ष थापाको मनोनीतको ताँतीमा ९५ प्रतिशत पहाडे छन् । यस्तो प्रतिनिधित्व कुनै पनि आधारमा वैज्ञानिक र अग्रगामी मान्न नसकिने राप्रपाका एक नेताले बताए ।
१ प्रतिशत दलित
समावेशसार्वजनिक रुपमा जे जस्तो नीतिगत अवधारणा प्रस्तुत गरे पनि दलित समुदायको सम्मानमा कमल थापा पूर्ण असफल भएका छन् । ५९ जनाको मनोनीतको सूचीमा पतिराम चुनारा एक्लो दलित छन् ।
यो अवस्था संविधानले अंगीकार गरेको सामाजिक न्यायको सिद्धान्त र ‘स्मार्ट पार्टी’ रहने राप्रपाकै सार्वजनिक दावीको प्रतिकूल रहेको आरोप छ ।
धार्मिक असन्तुलन
हिन्दू राष्ट्रको नारा बोक्दाबोक्दै, सबै धर्मलाई समान दृष्टिले हेर्ने नीति राप्रपाको भएपनि मनोनीतको क्रमले त्यस्तो अवस्था देखाउदैन ।
स्थानीय तहको निर्वाचनमा क्रिस्चियन धर्मप्रति उदारता देखाउन तत्पर राप्रपा नेतृत्वले एक जना क्रिस्चियनलाई पनि आफ्नो रोजाईमा पार्न सकेन जब भने धादिङबाट पहिलो गाउँपालिकाको निर्वाचित पद दिलाउने क्रिस्चियन धर्ममा आस्था राख्नेहरू थिए ।
बाँके र झापाको चुनावी सफलता मामुस्लिम समुदायको धेरै समर्थन रहेको कतै छिपेको छैन । तर, थापाले एक जना मुस्लिमलाई पनि मनोनीत गर्न आवश्यक नठानेको आरोप छ । बौद्ध धर्ममा आस्था राख्ने एक जना मात्र केन्द्रीय सदस्य चुनिएका छन् । किरात धर्ममा आस्था राख्ने तीन जना छन् ।
क्रिस्चियन र मुस्लिम शून्य प्रतिशत, बौद्ध धर्मावलम्बी एक प्रतिशत र किरात धर्ममा आस्था राख्ने पाँच प्रतिशत बाहेक अन्य सबै (९४ प्रतिशत) हिन्दु धर्ममा आस्था राख्ने छन् । यो आंकडा सर्बधर्म सम्भावको नीतिसँग मेल खाँदैन ।
युवाविधार्थी शून्य
५९ जनाको लामो मनोनीतको सूचीमा एक जना पनि युवा विद्यार्थी छ्रैनन् । यसबाट पार्टीभित्र युवा पंक्तिमा असन्तोष चुलिएको छ । एक जना युवा नेताले भने, ‘युवाहरूमा उर्जा र जाँगर भएपनि चाप्लुसी गर्न नजानेर होला अध्यक्षको नजरमा कोही पर्न सकिएन, यो पार्टीकै सुन्दर भविष्यको लागि दुखद् कुरा हो ।’
पंचायतकै लिगेसी
अन्ततः पहाडे हिन्दू पुरुष नै अध्यक्ष कमल थापाको प्राथमिकतामा परेको देखिन्छ । थापाले मनोनीत गरेका मध्ये ९२ प्रतिशत पुरुष छन् ।
६९ प्रतिशत (मनोनीत ५९ जनामा ४१) अन्य समुदायका छन् । मनोनीत भएका अन्यभित्र पनि पार्टी अध्यक्षकै जातसँग मेल खाल्ने अधिकांश क्षेत्री मूलका सदस्यहरू छन् ।
समानुपातिक समावेशीताको अहिलेको युगमा पंचायतको लिगेसी झल्काउने यस्तो कामकारवाहीले राप्रपामात्र नभएर स्वयम् थापाकै छवीलाई हित गर्दैन । राप्रपामा यसै पनि आदिवासी जनजातिको वर्चस्व रहँदै आएको छ ।
महाधिवेशनमा खुला पुरुष, महिलातर्फभन्दा खुला जनजातितर्फ अनुपातमा बढीउम्मेदवारी पर्नु यसै अवस्थाको प्रमाण हो । तैपनि महिला र पुरुष दुवै गरेर १३ अर्थात २२ प्रतिशत मात्र जनजातिम नोनीतमध्येका छन् ।
नेता राणाको आपत्ति
मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवम् समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्यालै नराखी, सबै केन्द्रीय नेतासँग परामर्श र सहमति नराखी अध्यक्षबाट गरिएको एकांगी मनोनयन फिर्ता लिन वरिष्ठ नेता पशुपतिशम्शेर राणाले माग गरीसकेका छन् । यस अवस्थामा राप्रपाको गाडी अब कता बढ्छ हेर्न बाँकी छ ।
पार्टी विभाजनको बहाना
पार्टी विभाजनको दिशातर्फ अघिबढेको कारण विभाजन रोक्न ४२ जना सदस्य मनोनीत गर्नु परेको दलिल अध्यक्ष पक्षधरले पेश गर्दै छन् ।
तर, पार्टी स्रोतका अनुसार एकताको भावना विपरीत ४२ सदस्य एकलौटी मनोनीत गरेर पार्टीमा हालीमुहाली गर्नकै खातिर अध्यक्षको टीमले पार्टी फुटाउन लागे भनेर हौवा फैलाएका हुन् । यो नै एक डिजाइन हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads