Loading...
डुप्लेसीले इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट गुमाउने


लण्डन – दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसीले लर्डस्मा हुने ईङग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट पारिवारिक कारणले गुमाउने भएका छन् । 
३२ वर्षिय डुप्लेसी आफनो पहिलो सन्तानको जन्म पश्चात घर फर्किएका छन् । उनी बिहीबारबाट सुरु हुने सिरिजका लागी इंग्ल्याण्ड फर्कने छैनन् । 
उनले ४ टेष्टको श्रृखंला अन्तर्गत पहिलो टेष्ट गुमाउने भएका हुन् ।
 टिमका म्यानेजर मोहम्मद मोसाजीले भने, ‘डुप्लेसीकी पत्नीको गर्भावस्थामा अप्ठ्यारो स्थितिले गर्दा उनको इंग्ल्याण्ड फर्कन ढिलाई भएको हो ।’ 
ओपनिङ ब्याट्सम्यान डिन एलगरले उनको स्थानमा पहिलोपटक कप्तानको भूमिका निभाउनेछन् । डुप्लेसी भने यो साताको अन्तिममा टोलीमा फर्कनेछन् । 
पहिलो टेस्टमा उनको स्थानमा मार्चमा भएको टेष्ट म्याचमा डेब्यु गरेका थेउनीश डि ब्रुन वा अईडेन मार्कराम मध्ये एकले टोलीमा स्थानमा बनाउने बताइएको छ । ४० टेष्टमा डु प्लेसीले ४४.९२ को औसतले रन बनाएका छन् । उनको अनुपस्थिति टोलीका लागि ठूलो घाटा हुनेछ ।    

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads