Loading...
एमाले २ सय ३० स्थानीय तहमा बिजयी हुँदै पहिलो



काठमाण्डौ : 
स्थानीय तहको निर्वाचन २०७४ अन्तर्गत नेकपा एमालेले हालसम्म २ सय ३० स्थान जितेर पहिलो पार्टी बनेको छ ।
हालसम्म घोषित दोस्रो चरणको निर्वाचन परिणाम अनुसार एमालेले १०५ स्थानमा बिजयी भईसकेको छ भने पहिलो चरणमा बिजयी भएका १ सय २५ गरि २ सय ३० स्थानीय तहमा बिजयी हुँदै एमाले पहिलो पार्टी बनेको हो ।
हालसम्म गणना भईरहेका तहमा पनि एमालेले ४२ स्थानमा अग्रता कायम गरिरहेको छ ।
त्यस्तै नेपाली काँग्रेसले दोस्रो चरणको निर्वाचनमा जितेका ८७ स्थान र पहिलो चरणका १ सय ४ गरि १ सय ९१ स्थानमा जितेर दोस्रो पार्टी बनेको छ । अहिले गणना भईरहेका स्थानीय तहमध्ये काँग्रेसले ४० स्थानमा अग्रता कायम गरिरहेको छ ।
यसैगरि माओवादी केन्द्रले पहिलो चरणका ४६ र दोस्रो चरणका ३१ गरि ७७ स्थानमा जितेर तेस्रो पार्टी बनेको छ भने अहिले गणना भईरहेका ७ स्थानमा अग्रता कायम गरिरहेको छ ।
यसरी हेर्दा एमाले हालसम्मकै पहिलो पार्टी बनिसकेको छ भने अग्रता गरिरहेका स्थानमा पनि एमालेले बिजयी हुने सम्भावना बढिरहेको बताईएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads