Loading...
कांग्रेसले मन्त्रीहरुको नाम टुंग्यायो (नामावलीसहित)



प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सत्ता साझेदार माओवादी केन्द्रसँग भएको सहमति अनुार कांग्रेसले १३ वटा मन्त्रालय पाउनेछ ।
कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको एक नेताले बताएका छन् ।
यस्तो छ गुटअनुसारको नामावली
पौडेल समूहः
१) यज्ञबहादुर थापा
२) सञ्जय गौतम
३) राजन केसी
४) रामकृष्ण यादव

देउवा समूहः
१) गोपालमान श्रेष्ठ
२) ज्ञानेन्द्रबहादुर कार्की
३) फर्मुल्लाह मन्सुस
४) मीन विश्वकर्मा,
५) अर्जुन जोशी
६) वीरबहादुर बलायर
७) अम्बिका बस्नेत
कृष्ण सिटौला समूहः
१) भीमसेनदास प्रधान
खुमबहादुर खड्का समूहः
१) मोहनबहादुर बस्नेत
९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads