Loading...
५ वर्षीया बालिका बलात्कृत, अभियुक्त ४८ वर्षीय महत पक्राउ

झापा, १ साउन । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads