Loading...
गुणादीमा बस पल्टिँयो, १० यात्रु घाइते

Click to Load Image
दमौली-       तनहुँको दुलेगौंडाबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५४४६ नम्बरको बस माथिल्लो गुणादी पल्टिएको छ ।
गुणादीको दुर्गा मन्दिर नजिकै बस पल्टिँदा बसमा सवार १० यात्रु घाइते भएका छन् । 
   दुलेगौंडा बाट दमौली आफ्नो क्युको लागी आएको बस गुणादीमा पल्टिँदा उक्त दुर्घटना भएको हो । 
घाइतेहरुको दमाैलि अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त घाइते लाई पोखरा स्थित मणिपाल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । बस चालक समेत घाइते रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads