Loading...
अब गृहमन्त्रीलाई सिधै गुनासो सुनाउन सकिने, त्यसको लागी १११२ डायल गर्नुहोस्


सोमबार बिहानै गृहमन्त्रालयको गुनासो कक्षमा जुम्लाका जया महतले फोन गरे ।उनको फोन सिधै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रिसिभ गरे । महतको गुनासो निकै चाखलाग्दो तरिकाले सुन्दै गृहमन्त्री शर्माले तत्काल गुनासोको सुनुवाई पनि गरे । उनले महतको गुनासोपछि तत्काल जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई टेलिफोन गरेर आवश्यक कारबाही अगाडी बढाउन भने ।
महतले जुम्लाका सरकारी कार्यालयहरुको गाडी दुरुपयोग भएको, सामग्री खरिदका गर्दा प्रक्रिया मिचेर भ्रष्टाचार हुने गरेको र स्थानीय निकायमा कर्मचारी समायोजना गर्दा सिनीयरलाई जुनियरको मातहत राखिएको बारे गुनासो गरेका थिए ।
महतको गुनासो सम्बोधनका लागी गृहमन्त्री शर्माले सापकोटालाई सरकारी गाडी दुरुपयोग भएको, कामै नगरी बिल भुक्तानी हुने गरेको गुनासो र स्थानीय तहमा कर्मचारी खटाउँदा सिनियरलाई जुनियर बनाइएको भन्ने गुनासो प्राप्त भएको र उक्त गुनासो तत्काल अध्ययन गरेर रिपोर्ट पठाउन र आवश्यक कारवाही अगाडी बढाउन निर्देशन दिए ।
त्यस्तै सिनियर कर्मचारीलाई सिनियर स्थानमा खटाउन प्रजिअ सापकोटालाई मन्त्रि शर्माले निर्देशन दिए । उक्त गुनासो संवोधन गर्नका लागी मन्त्रालयको सहयोग आवश्यक परेमा यहाँबाट समेत सहयोग लिएर सत्यतथ्य रिपोर्ट पठाउन उनले निर्देशन दिए ।
गृहमन्त्री शर्माले मन्त्रालयमा गुनासो कक्षको उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन् । मन्त्रालयमा स्थापना गरिएको गुनासो ब्यवस्थापन कक्षमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले महतको टेलिफोन रिसीभ गरेर गुनासो ब्यवस्थापन कक्षको उद्घाटन गरेका हुन् ।
गृह गन्त्रालयको गुनासो सुन्नको लागी टोल फ्रि नम्बर १११२, gunaso@moha.gov.np को इमेल प्रयोगमा ल्याएको छ । त्यस्तै मन्त्रालयको ट्विटर अकाउन्ट @mohagunaso मार्फत पनी गुनासो गर्न सकिने छ ।
मन्त्रालयले सोमबार देखी गृह मन्त्रालय वा अन्तर्गतका निकायको बारेमा कुनै गुनासो वा जानकारी भएमा तत्काल संवोधन गर्नेगरी गुनासो ब्यवस्थापन कक्ष स्थापना गरेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads