Loading...
देउवा सरकारमाथि एमालेले औँलो उठायो, जिम्मेवारी पूरा गर्न खबरदारी


काठमाडौं, १२ साउन । नेकपा (एमाले)ले सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकोले भन्दै ताकेको दायित्वहरू पूरा हुनेमा आशंका जनाएको छ ।
काठमाडौंको धुम्रबाराहीमा बिहीबार बसेको स्थायी समिति बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने हो कि भन्ने आशंका पैदा भएको निष्कर्ष निकालेको हो ।
‘निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
एमालेले संविधानको धारा २२०(३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads