Loading...
तपाईंले पत्याउनुहुन्न उनीहरुको वास्तविक उमेर

ताइवानको यी परिवारका सदस्य उमेर भइसक्दा पनि संसारका सबैभन्दा जवान देखिने सम्भवतः पहिलो परिवार हो ।
सबैभन्दा पहिले इन्टेरियर डिजाइनर र फेसन ब्लगर ल्यूर सू (४१) ले लाखौं मानिसलाई आफ्नो उमेर बताएर चकित पारिदिइन् । तर उमेर बढेसँगै जवान देखिनेमा उनको परिवारमा उनीमात्र एक्ली सदस्य भने होइनन् । ल्यूरका दुई बहिनी स्यारोन (३६) र फेफे (४०) पनि कलेजका छात्राजस्ता देखिन्छन् । साथै, उनकी आमा पनि यही सूचीमा पर्छिन् । अवकाशप्राप्त ६३ वर्षीया डान्सर उनीहरुका दिदीजस्तै देखिन्छिन् । यी चारैजना महिला यति जवान देखिन्छन् कि उनीहरुलाई ताइवानको मिडियाले ‘द फ्यामिली अफ फ्रोजन एजेज’ भनेर सम्बोधन गर्छन् ।
यसको राज ? ताइवानको फ्राइडे म्यागजिनलाई दिएको अन्तर्वार्तामा ल्यूरले आफ्नो जवानीको राज पानी र तरकारीलाई दिएकी छिन् । पर्याप्त पानी पिउनु र विभिन्न प्रकारका सागसब्जीको सेवनले उनीहरुलाई जवान राखिराख्न मद्दत गरेको उनले बताइन् । ‘तपाईंको छालामा पर्याप्त पानी छ भने बुढ्यौली र चाउरीको चिन्ता नै गर्नु पर्दैन,’ उनले भनिन् ।
साथै ल्यूरकी बहिनी फेफेले पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छिन् । प्रत्येक बिहान मनतातो पानीबाट दिनको सुरुवात गरे यसले थुप्रै कुरामा फाइदा पुर्याउने उनले बताइन् । ‘मैले विगत १० वर्षदेखि यो तरिका अपनाइरहेको छु । दिनमा ३ सय ५० मि.लि देखि ५ सय मि.लिसम्म पानी पिउँछु ।’
६३ वर्षीया आमा (बीचमा) र उनका छोरीहरु ल्यूर सू, ४१, (दायाँ) र स्यारोन, ३६, (बायाँ)
४० वर्षीया फेफेसँगै यी दुई दिदीबहिनी
ल्यूर सू, ४१

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads