Loading...
यो देशमा महिलामाथि स्कर्ट लगाउन प्रतिबन्ध



युगांडामा महिलालाई स्कर्ट लगाउन प्रतिबन्ध लागेको छ ।
सरकारी महिला कर्मचारीमाथि स्कर्ट लगाउन प्रतिबन्ध लगाईएको हो । सरकारले महिलालाई स्कर्ट लगाउन प्रतिबन्ध लगाएपछि यसविषयमा महिला अधिकारवादीहरुबीच बहस शुरु भएको छ । नयाँ लागू गरिएको नियममा शालीन लगाउनको नयाँ परिभाषा दिईएको छ ।

अब महिलालाई यस्को इजाजत छैन्ः

१. स्कर्ट वा घुडाभन्दा माथिको ड्रेस
२. पारदर्शी ब्लाउज़ वा ड्रेस
३. यस्ता ड्रेस जस्मा क्लीवेज, नाभि, घुडा वा पीठ देखिरहन्छ ।
४. चमकदार रंगको बाल
५. तीन सेन्टीमीटर भन्दा बढी नाखून वा धेरै चमकदार वा धेरै रंगवाला पोलिस

पुरुषको लागी नियमः

१. साफ ट्राउज़र, लामो बाउला भएको कमीज, ज्याकेट तथा टाई लगाउन ज़रूरी
२. शरिरमा टिपिक्क भएको ट्राउज़र लगाउन नपाईने
३. खुल्ला जुत्ता लगाउन नपाईने
४. छोटो तथा सलीकेबाट काटिएको बाल
महिलामाथि यस्तो कपडा लगाउन पुरुषहरुले उजुरी गरेपछि गरिएको हो । महिलाहरुले लगाउने गरेका उत्तेजनक कपडाले पुरुषहरुलाई समस्या भएको भन्दै सरकारसमक्ष उजुरी दिएका थिए । उनीहरुको उजुरीको आधारमा सरकारले महिला पुरुष दुवैको लागी यस्तो व्यवस्था गरेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads