Loading...
डा. गोविन्द केसीको ११ औं आमरण अनसन

काठमाडौं, ९ साउन । चिकित्सा क्षेत्रको सुधारका लागि डाक्टर गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् ।
१० पटक अनसन बस्दा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै डा केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपराह्न ४ बजेबाट त्रिभुवन शिक्षण अस्पतालमा पुनः अनसन सुरु गरेका हुन् ।
हरेकपटक अनशन बस्दा सरकारले विभिन्न सम्झौता गरेपनि पूर्ण रुपमा लागु नभएको गुनासो डा. केसीले पत्रकार सम्मेलनमा गरे ।
केसीले आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, अधिकार खोस्ने र नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads