Loading...
खेतमा पानी लाउने विषयमा दुई पक्षबीच कुटाकुट १२ घाईते


राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीमा खेतमा पानी लगाउने विषयमा कुटाकुट भएको छ ।
प्रहरीका अनुसार कुटाकुटमा परि सोही ठाउँका ३२ वर्षीय श्रीकुमार मण्डल, ४२ वर्षीय राजाराम मण्डल, ४५ वर्षीय रामलखन मण्डल घाईते भएका छन् । त्यसैगरि १८ वर्षीय सन्तोष मण्डल, १६ वर्षीय देवेन्द्र मण्डल, १९ वर्षीय अजितकुमार मण्डल, ३२ वर्षीय गोपिलाल मण्डल, ३८ वर्षीय देवकुमार मण्डल, २६ वर्षीय गजेन्द्र मण्डल र ५२ वर्षीय नारायण मण्डल कुटाकुटबाट घाइते भएका छन् ।
त्यस्तै अर्को पक्षका ४२ वर्षीय वीरेन्द्र साह, ४० वर्षीय सुरेन्द्र साह, ३६ वर्षीय अनिल साह र २२ वर्षीय सन्तोष साह पनि घाइते भएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads