Loading...
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने


काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।
नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले बुधबार मध्याह्नसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनभयो ।
बुधबार कांग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा (संयुक्त)लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने उहाँले बताउनुभयो ।
कांग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुने चर्चा छ ।
यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ ।
नेकपा (संयुक्त)ले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads