Loading...
२४४ स्थानको नतिजाको (सूचिसहित)

काठमाडौँ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ३३४ स्थानीय तहको निर्वाचन भएकोमा २४४ स्थानको नतिजा हालसम्म प्राप्त भएको छ ।  
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १०३ स्थानमा जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको छ ।
एमालेलाई ९४ सिटसहित नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जीत हासिल गर्दै तेस्रो स्थानमा कायम रहेको छ ।

चौँथो शक्तिको रुपमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन देखिएको छ । गठबन्धनले ६ स्थानीय तहमा जीत हासिल गरेको छ ।

चौँथो शक्तिमा विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकले ४ वटा सिट जितेकाे छ ।
यता, राप्रपाले २ तह जित्दा राष्ट्रिय जनमोर्चाले पनि हालसम्म दुई स्थानमा जीत हासिल गरेको छ । यस्तै कपिलबस्तुमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads