Loading...
नेपालमा खिचिँदै निरहुआको फिल्म

भोजपुरी फिल्मका जुबली स्टार दिनेश लाल यादव (निरहुआ) र भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्री आम्रपाली दुबेको मुख्य भूमिका रहेको भोजपुरी फिल्म ‘निरहुआ चलल लन्डन’को अहिले नेपालमा छायांकन भैरहेको छ । फिल्ममा समाबेश एक गीत करीब ६ दिनदेखि खिच्ने काम भैरहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए । दर्जनौं नेपाली फिल्ममा द्धन्द्ध निर्देशकको रुपमा काम गरेका चन्द्र पन्तले पहिलो पटक भोजपुरी फिल्म निर्देशनमा हात हालेका हुन् ।

करीब ३ करोड बजेटमा निर्माण हुने यो भोजपुरी फिल्मको छायांकन पोखरा, विरगंज, सिमरा र लन्डनमा हुने निर्देशक पन्तले जानकारी दिए । ‘फिल्मीखबर डटकम’सँग फोनवार्ता गर्दै निर्देशक चन्तले भने, ‘पहिलो प्रदर्शन हामी लन्डनमा गर्छौ र छठ पर्वमा भारतमा फिल्म रिलिज गर्ने लक्ष्य छ । नेपालमा पनि फिल्म रिलिज गर्ने अहिले तयारी भैरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads